दुल्लु नगरपालिकाले ५२ जना बिद्यार्थीलाई नि:शुल्क पढाउने

दैलेखः दुल्लु नगरपालिकाले ५२ जना बिद्यार्थीहरुलाई नि: शुल्क प्राविधिक शिक्षा पढाउने भएको छ । नगरपालिकाले प्रत्येक वडाबाट ४ जनालाई नगरप्रमुख छात्रवृत्ति कोषबाट पढाउने नीति तथा कार्यक्रममा समाबेश गरेको हो ।

अहिले एसईई परिक्षा दिएर बसेका बिद्यार्थीहरुलाई नतिजा सार्वजनिक भएपछी गरिब तथा जेहेन्दार छात्रवृत्तिको लागि परिक्षा लगेर छनोट भएका बिद्यार्थीहरुलाई पञ्चकोशी बहुप्राविधिक शिक्षालय दुल्लुमा बनबिज्ञान, पशु, सिविल ओभरसियर, कम्प्युटर बिज्ञान पढाईने नगरप्रमुख भरत रिजालले बताए ।

दुल्लु नगरपालिकाको शैक्षिक जनशक्ति वृद्धि गर्ने प्रत्येक वडाबाट एक बिषयको लागि एक जना गरि चार बिषयमाका लागि ४ जनालाई छनोट गरिने र १३ वडाबाट ५२ जनालाई यो बर्ष पालिकाले नि: शुल्क पढाउने उदेश्य रहेको नगरप्रमुख रिजालको भनाई छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५