दैलेख: कर्णाली प्रदेशले यहीँ कार्तिक ३ गते बुधबार सार्वजनिक विदा दिइने भएको छ । असोज शुक्ल पूर्णिमाको अवसरमा कर्णाली प्रदेश सरकारले प्रदेशभर लागु हुनेगरी सार्वजनिक विदा दिने निर्णय गरेको हो । असोज शक्ल पूर्णिमा दशैँको अन्तिम दिन अर्थात् कोजाग्रत पूर्णिमा पनि हो ।
प्रदेशमा रहेको सबै सरकारी कार्यालय, सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैँक तथा वित्तिय संस्थाहरुमा बैशाख १७ गते बसेको मन्त्रिपरिषद निर्णय अनुसार सार्वजनिक विदा दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका अधिकृत रोशनबहादुर शाहीले जानकारी दिए ।

हाम्राे जानकारी
तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५

खुल्ला प्रेस । १ कार्तिक २०७८, सोमबार १४:३५