दैलेखः पाँच जना मात्र क्षमता भएकाे बाेलेराे दुर्घटनामा ११ जनाकाे मृत्यु भएकाे छ । जाजरकोटमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको हाे ।
कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा नम्बर ३ जेवाबाट ४ को जेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरमा खस्दा ११ जनाको मृत्यु भएको हो ।
छेडागाड-५ दिपक अधिकारी, छेडागाड-५ नैनसरा अधिकारी, छेडागाड-५ जैकुवरा बुढा, छेडागाड-५ रामबहादुर बुढा, छेडागाड-६ वीर बहादुर खत्री, भगवतीमाई-२, दैलेख अमर खड्का, भगवतीमाई-२, दैलेख मान बहादुर रावत, भगवतीमाई-३, दैलेख बिरेन्द्र केसी, छेडागाड-५ देवीसरा बुढा, छेडागाड-५ अमर अधिकारी र छेडागाड-५ निषा अधिकारीको मृत्यु भएको छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए ।
छेडागाड-५ की जैभान अधिकारी गम्भीर घाइते भएका छन् । पाँच जना मात्र क्षमता भएको उक्त बोलेरो गाडीमा १२ जना सवार रहेका थिए ।




खुल्ला प्रेस । २६ मंसिर २०७९, सोमबार २०:२४