दैलेख ः दैलेखको दुल्लु नगरपालिका ९ मा रहेको भण्डारी सेवा समाज दैलेखले वडाभित्रका विपन्न,असहाय,दलित, एकल महिला, वृद्धवृद्धाहरु लगाएत विपत्तिमा परेकाहरुलाई विभिन्न सहयोग एवं सम्मान गरेको छ ।
विगत स्थापनाकालदेखी नै समाजसेवाको काम गर्देै आएको समाजले दशैँ र दिपावलीको अवसरमा गर्ने तय गरिएको उक्त कार्यक्रम विविध कारणले हुन सकेको थिएन ।
भण्डारी सेवा समाज दैलेखले वडाभित्रका वृद्धवृद्धाहरु, विपन्न असहाय ,दलित एकल महिला र विपत्तीमा परेकाहरुलाई खाद्यान्न,नुन तेल, त्रिपाल ,न्यानो कपडा लगाएत विपन्न घरका विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु समे्त प्रदान गरिएको छ ।
कार्यक्रमको अवसरमा बोल्दै भण्डारी सेवा समाजका जिल्ला उपाध्यक्ष प्रेम भण्डारीले विभिन्न स्वदेश र विदेशमा रहेका सहयोगी मनहरुबाट उपलव्ध सानोसानो रकमबाट करिब १ लाख बराबरको सामाग्रीहरु जुटाएर सहयोग गर्नपाउँदा खुशि लागेको भन्दै भण्डारी सेवा समाज एक सहयोगिको रुपमा आगामी दिनमा पनि जनताको साथैमा रहने बताए ।
एता भण्डारी सेवा समाज दैलेखका विशेष सल्लाहकार नेत्र भण्डारीले समाजमा सहिसुणता कायम गर्दै समाजका विपन्न र दुखिपिडितहरुका लागी कोही नभएपनि भण्डारी समाज सेवा छ भन्नका लागी हरेक समयमा समाजसेवाको कार्यगर्दै आएको र पछिल्लो समयमा जिल्लाका विभिन्न पालिका हुदैँ पुर्व मेचिदेखी पश्चिम महाकाली सम्म समाजलाई पुगाउने लक्ष्य रहेको धारण राखे ।
सम्मान र सहयोग पाए पश्चात वृद्धवृद्धाहरु र विपन्नहरुले समाजलाई आर्शिवाद प्रदान गर्दै खुशि व्यक्त गरेका थिए । सो सम्मान एवं सहयोग कार्यक्रममा पञ्चेवाजा मारुनी र हुड्क्यौली लगाएत साँस्कृतिक झाँकीहरु प्रस्तुत सम्मेत गरिएको थियो ।
खुल्ला प्रेस । २ मंसिर २०७८, बिहीबार २१:३०