दैलेख: दैलेखका प्रमुख जिल्ला अधिकारीले सूचनाहरू माग्नुपर्ने वातावरण सिर्जना गर्न नहुने बताएका छन्।सार्वजनिक निकायका सूचनाहरू माग्नुपर्ने वातावरण हामीले सिर्जना गर्न नहुने उनले बताएका हुन ।
मङ्गलवार दैलेख जिल्लाका सरकारी निकायका सूचना अधिकारी र पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रले सार्वजनिक निकायका सूचनाहरू नेपालको संविधानमा सूचनाको हक सम्बन्धी व्यवस्था अनुरूप आम नागरिकसम्म पुग्नुपर्ने बताए । उनले ”सार्वजनिक निकायका सूचनाहरू कुनै पनि नागरिकले मागेको खण्डमा दिनुपर्ने र सकभर सूचना माग गर्नुपर्ने वातावरण नै बनाउनु नहुने र सबैले आफ्ना सूचनाहरू कार्यालयका वइब साइटमा समय समयमा अपडेट गर्नु पर्ने हो त्यो हुन नसकेकोले, हामी सबैले सूचनाको सहज पहुँचमा हरेक नागरिकलाई लिनुपर्छ”।
१९औँ राष्ट्रिय सूचना दिवस अवसरमा जिल्ला प्रशासन कार्यालयको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा स्थानीय तह तथा जिल्ला स्थित सरकारी कार्यालयका सूचना अधिकारी र पत्रकारहरूको सहभागिता रहेको प्रशासकीय अधिकृत ऋषिराम उपाध्यायले जानकारी दिए ।
अन्तरक्रिया कार्यक्रम पत्रकारहरूले आफूहरूले सूचना अधिकारीरुसंग सूचना माग्दा नपाएको गुनासो गरेका छन् । नेपाल पत्रकार महासङ्घ दैलेखका पूर्व अध्यक्ष पुष्कर थापाले सरकारी निकायका प्रमुख र सूचना अधिकारी बिचमा दुरी बढ्दै जाँदा संविधान नै खतरामा पर्ने बताए । उनले सबै सूचनाहरू सहज रूपमा पाउनुपर्नेमा सूचना माग गरे पनि कार्यालयले इगो साध्न पत्रकारले सूचना माग्छन् भन्ने भाष्य सिर्जना गरी सूचना नदिने प्रवृत्ति बढेको गुनासो गरे ।
पत्रकार महासङ्घका नि. वर्तमान अध्यक्ष यज्ञराज थापाले सूचना माग्न र दिन पहिले जस्तो असहज नभए पनि कार्यालयका कर्मचारीहरूले सूचना दिन कन्जुसाइ गर्ने गरेको बताए ।
पत्रकार महासङ्घका अध्यक्ष अमर सुनारले पत्रकारले सूचना माग गर्दा केही समस्या भए महासङ्घले सहजीकरण गर्ने बताए ।पत्रकार यामराज कटुवाल, तीर्थ भण्डारी, डम्बर विक लगायतले सूचना सम्बन्धी गुनासो गरेका छन् ।
यता सूचना अधिकारीहरूले भने कतिपय सूचनाहरू कार्यालय प्रमुख लेखा शाखा तथा अन्य फाँटबाटै आफूअरुलाई नदिने गरेको बताए । कार्यक्रममा सहभागी सबैले यस्ता कार्यक्रम पालिका तथा सरकारी कार्यालयमै गर्नुपर्ने सुझाव दिए ।
यस वर्ष देखि सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहहरूलाई राष्ट्रिय सूचना दिवस मनाउन सर्कुलर गरे पनि दैलेखमा दिवस मनाएको देखिएन ।
खुल्ला प्रेस । ३ भाद्र २०८२, मंगलवार १९:५०