चार्डपर्वमा नागरिकलाई सास्ती

जिल्ला सदरमुकामबाट महाबु गाउँपािलका जाने गाडिमा नागरिकहरू यात्रा गर्दै फाेटाे ः दुल्लु खबरबाट

दैलेख ः दैलेखका नागरिकलाई सधैका चार्डपर्वको समयमा सास्ती खेपनु परेको छ । दशैं भित्रिएसँगै शहरबाट गाउँ फर्किनेको ताती लाग्न थालेपछि गाउँ जाने गाडिहरुमा नागरिकले सास्ती खेप्नु परेको हो ।
कच्चि सडकमा चल्ने सवारी साधन साना र थोरै हुने गरेकाले नागरिक चर्को भाडा तिररै भए पनि गाउँजान बाध्य छन् । बर्षातको समयमा विग्रेका सडकहरु स्थानिय तहहरुले मर्मत गरे पनि सहरबाट गाउँ फर्कनेको धेरै भएपछि गाडिहरुमा नागरिकले जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।
भौगोलिक विकटता सँगै असुरक्षित सडकमा पाँच जना सीट क्षमता भएको निजी बोलेरो जीपमा कम्तीमा २५ जना सवार हुने गरेको पाइएको छ । गाडीको सीट क्षमता नभएपनि अन्य सवारी साधन नभएकोले बाध्य भएर यात्रु बोक्नु परेको गाडी चालकको भनाई छ । ‘सीट क्षमता थोरै मात्र छ । तर गाँउ जाने मान्छे लिनै पर्यो’ चालकले भने, ‘हामीले रहर नभै बाध्यताले यात्रु धेरै बोकेका हौ ।’
यता, गाडीको सीट क्षमता भन्दा धेरै यात्रु बोकेका सवारी साधनलाई चेकजाँचमा कडाई गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखले जनाएको छ । ‘हामीले कडाइका साथ चेकजाँच गरेका छौं ।’ ड्युटीका प्रहरीले भने, ‘गाउँतिर जाने गाडीले हामीलाई छलेर जाने गरेका छन् ।’ दैलेख सररमुकामबाट जिल्लाका ११ वटै स्थानीय तहमा जाने सबारी साधनमा दशैँ तिहारको समयमा क्षेमता भन्दा बढि आत्रु बोक्नुपर्ने बाध्यता रहेको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५