श्रीमति हत्या गर्नेलाई जन्मकैदकाे सजाय

दैलेखः जिल्ला अदालतले छ महिना अघि श्रीमतिको हत्या गरेको कसूरमा गुराँस गाउँपालिका–८ लालीकाँडाका २९ वर्षीय कृष्णबहादुर खड्कालाई शुक्रबार जन्मकैद गरेको छ ।

जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट कसूरदारलाई जन्मकैद भएको अदालतका सूचना अधिकारी टिकाराम न्यौपानेले जानकारी दिए ।

०७९ फागुन १ गते २७ वर्षीया श्रीमति पार्वती बीसीको हत्या गरेको पुष्टि भएको भन्दै कूरदारलाई जन्मकैद (२५ वर्ष) काराबास बस्नुपर्ने र पीडित राहत कोषमा २८ सय रुपैंयाँ जम्मा गर्नुपर्ने सजाय तोकिएको फैसलामा उल्लेख छ ।

 

घरायसी विवादमा सुत्ने कोठामा त्यो राति लाठी घातक बस्तुले हिर्काई हत्या गरेको अवस्थामा फेला परेको मृतकको शव फागुन २ गते दैलेख अस्पतालमा पोष्टमार्टम गरिएको थियो । कृष्ण बोल्न नसक्ने अनि कान नसुन्ने र पार्वती चाहिँ सुस्त मनस्थिति थिइन ।

पार्वतीका ससुरा धर्मबहादुर खड्काले अस्पतालबाट शव बुझी फागुन २ गते नै लिएको र फागुन ३ गते भन्ने गर्चाखोला मिलनचौक चिहानमा हिन्दू धार्मिक परम्परा अनुसार परिवारजनले दाहसँस्कार गरिएकाे थियाे ।

घटनाको सम्वन्धमा प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकील कार्यालयले फागुन २६ गते दैलेख जिल्ला अदालतमा कर्तव्य ज्यान अभियोग दर्ता गराएको थियो ।

फागुन २८ गते भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले आरोपितलाई पुर्पक्षका लागि दैलेख कारागार पठाइएको थियो ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५