श्रीमान् हत्या आरोपमा पाँच वर्षपछि श्रीमती पक्राउ

जाजरकोट : जाजरकोटमा श्रीमान्‌को हत्या आरोपमा पाँच वर्षपछि श्रीमती र उनका छोरा पक्राउ परेका छन् । भेरी नगरपालिका-६ पुन्मोका ४७ वर्षीया काले कामीको घरायसी झगडापछि हत्या आरोपमा मंगलबार श्रीमती भद्रकला र छोरा तुल्सीरामलाई प्रहरीले पक्राउ गरेको हो । अनुसन्धानका लागि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय जाजरकोटमा राखिएको छ ।

२०७४ पुस ३० मा भद्रकलाले लट्ठीले हान्दा काले कामीको मृत्यु भएको र भद्रकला, उनका छोराहरू गोविन्द विक, तुल्सीरामले घर नजिकै शौचालयमा शव पुरिदिएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

कंकाल पनि शौचालयमा पुरिएको अवस्थामा मंगलबार प्रहरीले फेला पारेको जाजरकोटका डिएसपी सन्तोष निरौलाले जानकारी दिए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली घटनास्थलमा पुगेर शौचालयको खाडल उत्खनन गर्दा कामीको कंकाल भेटिएको हो ।

पुरै दाँत सहितको खप्पर (टाउको), प्लास्टिकको डोरीले बाँधिएको ज्याकेट, पाइन्ट र सोही ज्याकेट पाइन्टभित्र मानव कंकाल हड्डीहरू फेला परेको डिएपी निरौलाले बताए । डिएनए परीक्षणका लागि कंकाल विधिविधान प्रयोगशालामा पठाइने प्रहरीले जनाएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५