राकममा अन्तरपालिका स्तरिय प्रथम आठविस यूथ कप हुदै

दैलेखः ‘राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल नाराका साथ दैलेखको आठविस नगरपालिकाको राकमकर्णालीमा प्रथम आठविस यूथ कप २०७९ संचालन हुने भएको छ ।

विजया दशमीको अवसर पारेर यही असोज १३ गतेदेखि आठविस यूथको आयोजनमा हुन लागेको यूथ कप २०७९ सुरु हुने भएको हो ।

अन्तरपालिका स्तरिय पुरुष भलिबल तथा त्रिक्रेट खेलहरू सञ्चालन हुने आठविस यूथका खेल संयोजक गणेश खनालले बताए । यही असोज १२ गतेसम्म टिम दर्ता गर्ने मिति रहेको र १३ गतेदेखि खेल सञ्चालन हुने संयोजक खनालले बताए ।

उनका अनुसार भलिबल प्रतियोगितामा प्रथम पुरस्कार ७५ हजार, द्धितिय पुरस्कार ४५ हजार र तृतीय पुरस्कार २५ हजार रहेको छ । त्यस्तै त्रिक्रेट तर्फ प्रथम पुरस्कार ६० हजार र द्धितिय पुरस्कार ३० हजार रहेको संयोजक खनालले बताए ।

सबै क्षेत्रको सानो सानो सहयोग वाट आठविस नगरपालिकामा खेल सञ्चालन गर्न लागेको संयोजक खनालले बताए । वीरेन्द्र शाहीले मुख्य प्रायोजकको रूपमा १ लाख सहयोग खेलमा उत्साह प्रदान गरेको संयोजक खनालको भनाई छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५