महावुले लियो प्रथम फाउन्डर टी–१२ कप क्रिकेटको उपाधि 

दैलेख: दैलेखमा भएको खुला क्रिकेट प्रतियोगिताको उपाधि माहवुले जितेको छ,  गत बुधवारबाट सुरु स‌ंचालन भएको प्रथम फाउन्डर टी–१२ कप क्रिकेटको उपाधि महावु गाउँपालिकाले जितेको हो । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ सुरु भएको खेलकुद प्रतियोगिता नारायण क्याम्पस दैलेखमा सोमबार सम्पन्न भएको छ।

सोमबार सम्पन्न भएको खेलमा पुलिसले दिएको ९९ रनको लक्ष्य पछ्याएको महावु गाउँपालिकाले ७ दशमलव ५ ओभरमा १०० रन बनाउँदै उपाधि जित्न सफल भएको छ।नारायण क्याम्पसको मैदानमा ब्याटिङ गरेको दैलेख पुलिसले १२ ओभरमा ५ विकेट गुमाउँदै ९८ रन बनाएको थियो ।

९९ रनको लक्ष्य पछ्याएको महावु गाउँपालिकाले २५ बल बाँकी छँदा छक्का प्रहार गर्दै प्रथम फाउन्डर टी–१२ कप क्रिकेटको उपाधि जित्यो, महावु गाउँपालिकाले उपाधिसँगै नगद रु. ३० हजार १ सय सहित कप, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ । यस्तै उपविजेता वनेको दैलेख पुलिसले १५ हजार १ सय सहित मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् ।

तेस्रो भएको आयोजक दैलेख मोडेल स्कुलले ७ हजार १ सय सहित मेडल र प्रमाण–पत्र प्राप्त गरेका छ ।

दैलेख मोडेल स्कुल दैलेखको आयोजना तथा ग्लोबल बैङ्क दैलेख शाखा, नारायण नगरपालिका वडा नम्बर ६ को कार्यालय, देउती पुस्तक पसल र बास नेपाल दैलेख शाखाको सहयोगमा माघ १६ गते देखि माघ २१ गते सम्म सञ्चालन भएको खेलमा १० वटा टिमले भाग लगेका थिए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५