एकैदिन १० जनाको मृत्यु, थप ६,८२७ जनामा कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ६ हजार ८२७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने एकै दिन १० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८०७ जना र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जना गरी ६ हजार ८२७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५ हजार ४३५ जना कोरोना संक्रमण मुक्त भएका छन् । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ६८ हजार ९३२ पुगेको छ । यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६९७ पुगेको छ भने ८ लाख ४२ हजार ४३६ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभरमा ८९ हजार ९४१ सक्रिय संक्रमित छन् । जसमध्ये ८८ हजार ८४ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ८५७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २५६ जना आईसीयू र ४५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ९३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २३९ जना कोरोना संक्रमित थपिएका छन् ।

उपत्यकामा २ हजार ९४० संक्रमित थपिए

काठमाडौं उपत्यकामा थप २ हजार ९४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २,१५३, ललितपुरमा ५१९ र भक्तपुरमा २६८ जनामा कोरोना संक्रमण देखिएको हो ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै २३२, मोरङमा २१२, कैलालीमा १४७, सुनसरीमा १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै झापामा ८६, बाँकीमा ७३, रुपन्देहीमा ६८, काभ्रेपलाञ्चोकमा ६५, चितवनमा ६३ र बागलुङमा ५४ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै पर्वतमा ४४, कञ्चनपुरमा ४१, सिरहामा ३८, नुवाकोटमा ३५, मकवानपुरमा ३४, दाङमा ३३, तनहुँमा ३०, सर्लाहीमा २८‍, पाल्पामा २५, उदयपुरमा २४, स्याङ्जामा २३ तथा रसुवा र गोरखामा २२/२२ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५