सुर्खेतः नेपाली काँग्रेस संसदीय दल कर्णाली प्रदेशले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि दुई लाख २५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
संसदीय दलका प्रत्येक प्रदेशसभा सदस्यबाट जनही १५ हजार रुपैयाँका दरले उक्त रकम सङ्कलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको हो।
दलले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत व्यवस्थापन तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले रकम उपलब्ध गराउने निर्णय गरेको जनाएको छ।

हाम्राे जानकारी
तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५



खुल्ला प्रेस । ११ भाद्र २०८३, बिहीबार २०:०८