दैलेखः इलाका प्रशासन कार्यालय दुल्लुले बजार अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय दैलेखको निर्देशनमा इलाका प्रशासन कार्यालय दुल्लुले बजार अनुगमन गरेको हो ।
लामो समयदेखि दुल्लु क्षेत्रको बजार क्षेत्रमा भइरहेको अनियमिततालाई नागरिकहरूका लागी सहज बनाउन अनुगमनलाई निरन्तरता दिएको इलाका प्रशासन कार्यालय दुल्लुले जनाएको छ । इलाका प्रशासन कार्यालयको अगुवाइमा थालिएको अनुगमनमा दुल्लुका सरकारी कार्यालय उद्योग वाणिज्य सङ्घ दुल्लुका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
दुल्लु बजारका खाद्यान्न किराना पसलहरू, होटेल, मेडिकलहरूमा म्याद नाघेका बस्तुहरू जफत लगायत सडकमा राखिएका व्यापारिक सामाग्रीहरू समेत हटाउन समेत अनुगमन टोलीले निर्देशन दिएको छ ।इलाका प्रशासन कार्यालय दुल्लुका प्रमुख जित बहादुर खत्रीले जिम्मेवारीका साथ आफूले दुल्लु क्षेत्रका बजारमा अखाद्य बस्तुहरू र म्याद नाघेका बस्तुहरूलाई जफत गर्नुका साथै व्यापारीहरूलाई व्यापार दर्ता गराएर राज्यको नियम पालना गराउन बजार अनुगमन निरन्तरता दिने बताए ।




खुल्ला प्रेस । ११ फाल्गुन २०७८, बुधबार १८:४४