तलबभत्ता नलिने नाैमेलेका अध्यक्षको घोषणा

दैलेख : दैलेखको नौमूले गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष छवि सुवेदीले गाउँपालिकाबाट उपलब्ध हुने तलबभत्ता नलिने घोषणा गरेका छन्। शुक्रवार अध्यक्षको पदभार ग्रहण गर्दै सुवेदीले आफू जनताको सेवक भएकाले गाउँपालिकाबाट आफूले पाउने तलबभत्ता नलिने घोषणा गरेका हुन्।

उनले आफूले गाउँपालिकाबाट पाउने तलब र भत्ता अक्षयकोषमा जम्मा गरेर द्वन्द्व पीडित, जेहेन्दार र गरिब बालबालिकालाई छात्रवृत्ति प्रदान गर्ने बताए।

अध्यक्ष सुवेदी गत वैशाख ३० सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५