बास नेपालको डुङ्गेश्वर उपशाखा गठन

दैलेख: बास नेपाल डुङ्गेश्वर उपशाखा गठन गरिएको छ ।  शनिवार बास नेपाल दैलेख शाखाका अध्यक्ष हिक्मत बुढाको अध्यक्षतामा बसेको बैठकले डुङ्गेश्वरमा उपशाखा गठन गरेको हो ।

डुङ्गेश्वर गाउँपालिका वडा न. १का अध्यक्ष श्याम बहादुर रानाको प्रमुख अतिथ्यतामा १३ सदस्य डुङ्गेश्वर उपशाखा गठन गरिएको बास नेपाल डुङ्गेश्वर उपशाखाका नयाँ कार्यसमिति अध्यक्ष दिलीप खड्काले खुल्ला प्रेसलाई जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार उपशाखाको अध्यक्षमा दिलीप खड्का, उपाध्यक्षमा दिपा खत्री, सचिवमा प्रकाश थापामगर, सहसचिव गीता कुमारी बुढा, कोषाध्यक्ष टंक वली, सदस्यहरूमा रत्न बहादुर वि.क., रमेश थापामगर, महेश बुढा, प्रेम बहादुर बादी(आकाश) रेखा थापामगर, लता सुनार, भवानी रिजाल, र यमुना थापामगर रहेका छन् । शनिवार गठन भएको उपशाखाले हरेक महिना बैठक बसी आफ्ना कार्यक्रम तय गर्नेछ ।

उपशाखा गठन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा डुङ्गेश्वर गाउँपालिका वडा नं. १ का वडा अध्यक्षले बासले गर्ने हरेक कार्यक्रममा सहकार्य गर्ने बताए । उनले भने–बास नेपाल दैलेखले डुङ्गेश्वरमा पनि आफ्नो कार्यक्षेत्र बिस्तार गर्दै उपशाखा गठन गरेकोमा शुभकामना छ ।  अध्यक्ष रानाले नयाँ कार्यसमितिका सदस्यहरुलाई टिका लगाए सुभकामना दिएका छन् । उपशाखा गठन कार्यक्रममा वडा अध्यक्ष, वडा सदस्य, बास नेपालका सक्रिय सदस्य राम बहादुर विष्ट, बास नेपाल जिल्ला शाखा दैलेखका सचिव सहित करिब ३० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रम समापन गर्दै जिल्ला शाखा दैलेखका अध्यक्ष हिक्मत बुढाले जिल्लामा हामीले विभिन्न कार्यक्रम गर्दै आएको बताए । जिल्लामा उपशाखा गठन गर्ने क्रममा शनिवार डुङ्गेश्वर उपशाखा गठन गरेका छौँ। यस उपशाखाले सक्रिय रूपमा काम गर्नेमा म लगायत जिल्ला शाखा आशाबादि छ । बागेश्वरी असल शासन क्लब(बास नेपालले) सुशासनका क्षेत्रमा काम गर्ने भएकोले युवाहरूले यस तर्फ ध्यान दिन जरुरी छ ।

बास नेपाल दैलेख पुनर्गठन भएको एक वर्षको समयमा धेरै काम गर्दै आएको छ । सक्रिय काम गरेको भन्दै केन्द्रीय कार्यालयले गर्ने मूल्याङ्कनमा शाखा उत्कृष्ट छनोट भएको थियो । ११ स्थानीय तह पुगेर उपशाखा गठन गर्ने निर्णय शाखाले गरेको थियो त्यसै अनुसार विभिन्न ठाउँमा उपशाखा गठन गरिँदै छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५