पहिलो पटक भोट हाल्नेले सूर्यमै मतदान गर्नुपर्छ : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिलोपटक भोट हाल्ने युवापंक्तिले सूर्यमै भोट हाल्नुपर्ने बताएका छन् ।

बागमती प्रदेश आयोजक कमिटीको बैठकमा ओलीले पहिलोपटक भोट हाल्ने युवाले सूर्य बाहेक अन्यत्र हाले हात बिटुलिने बताए ।

‘तिनीहरुलाई पहिलोपटक भोट सूर्यमा हाल्न लगाउनुपर्छ । अन्त हाल्यो भने हात बिटुलियो नि’ ओलीले भने, ‘देशका विरुद्ध उनीहरुले भोट नहालोस् । त्यो कुरा उनीहरुलाई सम्झाउनुपर्छ ।’

सूर्य बाहेक अन्य चिन्हमा भोट हाले हात जुठो हुने ओलीले बताए । ‘देश बनाऔं भन्ने पवित्र भावनाको मान्छे छ, तर भोट हाल्छ गलत ठाउँमा । हात जुठिएन, हात बिटुलिएन’, उनले भने । सूर्य बाहेक अन्यमा भोट हालेर विटुलिएको हात चोख्याउन धेरै सावुन पानी चाहिने ओलीले बताए ।

‘बिटुलियो भने त्यसलाई जोख्याउन धेरै पानी, धेरै साबुन खर्च गर्नुपर्छ’, उनले भने ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५