आयुर्वेद उपचारमा बढ्दो आकषर्ण

दैलेख : आयुर्वेद स्वास्थ्य उपचार पद्धतिमा बढ्दो आकर्षण रहेको पाइएको छ । शनिबार आवुर्देद स्वास्थ्य केन्द्र दैलेखको स्थानीय जनप्रतिनिधि समेतको सहभागितामा आयुर्वेद सेवा कार्यक्रम सम्बन्धी गरेको बार्षिक समिक्षा गोष्ठिमा आयुर्वेद प्रति आम नागरिको बढ्दो आर्कषण रहेको पाईएको हो ।
कार्यक्रममा तिन बर्षको तत्थ्याङ्क प्रस्तुत गरिएकोमा यो आर्थिक बर्षको जेठ मसान्त सम्मको तत्थाङ्कका उपचार गर्नेको संख्या धेरै देखिएको छ । चालु आर्थिक वर्षमा आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखबाट तीन सय ४० जनाले ल्याब सेवा लिएको बताइन् । केन्द्रबाट १२ हजार चार सय १२ जनाले साधारण उपचार, एक हजार २५ जनाले स्तनपायी, दुई हजार दुई सय ५३ जनाले जेष्ठ नागरिक सेवा पाएको आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखका डा. प्रज्ञा उपाध्यायले बताएकी छन् । उनले बताएको तत्थाङ्ककमा दुई हजार एक सय ६६ जनाले पूर्वकर्म पञ्चकर्म सेवा, तीन सय ८७ जनाले उपचारात्मक योग सेवा, ८ जनाले क्षारशुत्र सेवा, ९ सय ६३ ले गाउँघर क्लिनिक, एक सय ५० जनाले कोभिड–१९ को सेवा र नौ सय ५२ जनाले स्वास्थ्य शिविरबाट सेवा लिएका छन् ।
आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखले जिल्लाको सात स्थानीय तहमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरेको छ । केन्द्रले आर्थिक वर्ष २०७७÷०७८ मा चामुण्डाविन्द्रासैनी नगरपालिका, महाबु गाउँपालिका र भगवतीमाई गाउँपालिकामा आरोग्य सेवा विस्तार गरेको थियो । चालु आर्थिक वर्षमा डुङ्गेश्वर गाउँपालिका–२, ठाटीकाँध गाउँपालिका–१, आठबीस नगरपालिका–४ र गुराँस गाउँपालिका–५ मा आरोग्य सेवा केन्द्र स्थापना गरिएको हो । दुल्लु र नारायण नगरपालिका तथा नौमुले गाउँपालिकामा आयुर्वेद औषधालय रहेको छन् दैलेखमा आयुर्वेद सेवा केन्द्र नभएको पालिका अब भैरवी गाउँपालिका मात्र हो आउँदो बर्ष भैरवीमा पनि सेवा केन्द्र खाल्ने लक्ष्य लिएको आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ ।
केन्द्रले जिल्लामा पंचकर्म÷पुर्वकर्म कार्यक्रम, नागरिक आरोग्य केन्द्र स्थापना तथा संचालन, आयुर्वेद सेवा कार्यक्रम सम्धन्धी क्षमता अभिवृद्धि कार्यक्रम, निशुल्क आयुर्वेद तथा बैकल्पीक चिकित्सा शिविर, प्रयोगशाला, विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम, स्वास्थ्य जीवन कार्यक्रम सञ्चालन गरिरहेको डा. उपाध्यायले बताइन् । उनका अनुसार स्तनपाई आमालाई मातृशिशु सुरक्षा दुधबर्धक औषधी बितरण, जेष्ठ नागरिकका लागि स्वास्थ्य प्रवद्र्धन कार्यक्रम, आयुर्वेद तथा योग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर, जेष्ठ नागरिक स्वास्थ्य पवर्धन कार्यक्रम विद्यालय आयुर्वेद तथा योग शिक्षा लगाएतका कार्यक्रम केन्द्रबाट सञ्चालित छन् ।
केन्द्रले जडिबुटि चुर्ण औषधी निर्माण भने गर्न सकेको छैन् । आफ्नै भवन नहुँदा भाडाको घरमा बस्नु परेको र मेसिन जडान गर्न नसकिएकोले औषधी निर्माण गर्न नसकिएको डा. उपाध्यायले बताइन् । आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखको काँडाचौरमा जग्गासहितको भवन छ । तर, उक्त ठाउँमा नेपाली सेना बसिरहेको छ ।
चालु आर्थिक वर्षमा आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखका लागि भवन निर्माणका लागि प्रदेश सरकारले ५० लाख रुपैयाँ विनियोजन गरेको थियो । भवन निर्माणका लागि जग्गा नहुँदा उक्त रकम फ्रिज भएको डा. उपाध्यायको भनाई छ । उनले भवन निर्माणको लागि जग्गा प्राप्तीको पहल भईरहेको बताइन् ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नमराज शाही स्थानीय तहहरुले आयुर्वेद सेवालाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । उनले आयुर्वेद सेवालाई उपेक्षा गर्न नहुने बताए । अर्को प्रसंगमा उनले जनप्रतिनीधिहरुलाई आफु निर्वाचित भईसकेपछि अरु कोही होइनन् भन्ने मानसिकता त्याग्न आग्रह गरे ।
नारायण नगरपालिकाका मेयर लोमन शर्माले स्थानीय तहहरुले आयुर्वेदलाई कम प्राथमिकता दिएको बताए । उनले आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखका लागि भवन निर्माणका लागि नगरपालिकाले आवश्यक पहल गर्ने बताए । उनले नागरिक आरोग्य केन्द्रलाई वडा तहमा पु¥याएर पालिकास्तरमा आयुर्वेद औषधालय स्थापना गरिनुपर्ने बताए । कार्यक्रममा प्रदेश आयुर्वेद औषधालयका डा. यादवप्रसाद आचार्य, आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखका प्रमुख रामप्रसाद महत्तो, नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष यज्ञराज थापा लगाएतको सहभागिता थियो ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५