दैलेखमा अटोलाई खोला तार्दा बोलेरो चालक वेपत्ता

दैलेखः दैलेखको नारायण नगरपालिका-११मध्यपहाडी राजमार्गको नाउलिगाढमा पर्ने ठाढो खोलामा एक जना वेपत्ता भएका छन ।अटोलाई बाढीबाट जोगाउने क्रममा हिजोसाँझ बोलेरो चालक बेपत्ता भएका स्थानीयले जानकारी दिएका छन् ।

बोलेरो गाडी सडक छेउमा रोकेर अटोलाइ खोला तराउन खोज्दा अटोसंगै बेपत्ता हुनेमा भगवतिमाई गाउँपालिका-५का २८ बर्षिय टंक मगर रहेको प्रहरीले जनाएको छ । आफ्नो गाडी रोकेर अटो तार्न सहयोग गर्न पुगेका मगरलाई खोलाले बगाएर वेपत्ता भएपछी खोजीकार्य जारी छ ।

अटो भगवतीमाई गाउँपालिकाकै ३० वर्षिय कमल नेपालीले चलाएको र खोलामा ठुलोबाढी आएपछी बोलेरोको चालकले सहयोग गरेका थिए ।

दैलेख बजारबाट भगवतीमाई गाउँपालिका ५ बेस्तडातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ह १७४८ नम्बरको अटो सडकभन्दा करिब १० मिटर तल खोलामा फेला परेको छ भने चालक मगर अझै बेपत्ता रहको कार्यालय प्रमुख गुरुले बताए । अहिले खोजीकार्य चलिरहेको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५