क्षेत्रीय सभापतीमा क्षेत्र नम्बर २बाट भरतप्रसाद रिजाल विजयी

दैलेख ः नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत दैलेख क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा भरतप्रसाद रिजाल विजयी भएका छन् । संस्थापन पक्षधर रिजालले प्रतिस्पर्धीलाई ४७ मत अन्तरले पराजित गरेका छन् । रिजालले ३ सय ९९ मत प्राप्त गर्दा पौडेल पक्षका मात्रिकाप्रसाद रिजालले ३ सय ५२ मत प्राप्त गरेका छन् ।
बुधबार दिउँसो प्राप्त मत परिणाम अनुसार सचिव पदमा संस्थापन पक्षधरका युवा नेता नैनबहादुर शाही र संस्थापन इतरका सुर्यबहादुर शाही विजयी भएका छन् । नैनबहादुर शाही ४ सय ४ मत सहित विजयी भएका हुन् । भने सुर्यबहादुर शाही ३ सय ६५ मतसहित विजयी भएका हुन् ।
सह–सचिवमा संस्थापन पक्षका प्रकाश कुमार शाही ३ सय ८४ मत र संस्थापन इतरका मदनबहादुर शाही ३ सय ४९ मत सहित विजयी भएका छन् । खुला तर्फको क्षेत्रिय कार्य समितिमा पवन कुमार थापा, दिपेन्द्रकुमार बम र नमबहादुर शाही विजयी भएका छन् । थापा, बम र शाही संस्थापन पक्षका हुन् ।
क्षेत्रिय कार्य समिति सदस्य महिला तर्फ संस्थापन पक्षकै शुसिला खनाल विजयी भएकी छिन् । क्षेत्रीय कार्य समिति सदस्य खसआर्य तर्फ संस्थापन इतरका मानबहादुर शाही र रामेश्वर जैसी, क्षेत्रीय कार्य समिति सदस्य खसआर्य महिला तर्फ संस्थापन पक्षकै शर्मिला कुमारी शाही चन्द र शारदा कुमारी शाही विजयी भएका छन् ।
यस्तै क्षेत्रिय कार्य समिति सदस्य दलित खुला तर्फ संस्थापन पक्षकै पदमसिंह विश्वकर्मा, क्षेत्रीय कार्य समिति सदस्य दलित महिला तर्फ संस्थापन पक्षकै अञ्जु विक र क्षेत्रिय कार्य समिति सदस्य अपाङ्ग अल्पसंख्यक तर्फ संस्थापन पक्षकै प्रेमप्रकाश आचार्य विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५