दैलेखः दैलेखमा एकहप्ता अघि घरबाट भागेका केटाकेटी मृत फेला परेका छन् ।
मृत भेटिनेमा भगवतिमाई गाउँपालिका–४, मन्घर टोलका १७ वर्षीया शर्मीला थापा र १७ वर्षकै मानसिं विक रहेका छन्। उनीहरु उक्त वडामा रहेको कालिका माध्यामिक विद्यालयमा अध्ययन थिए । थापा ९ र विक १० कक्षामा अध्ययनरत थिए ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख, डीएसपी सुनिल दाहालका अनुसार उनीहरु अघिल्लो शनिबार १३ गते घरबाट भागेका थिए । घरभन्दा केही टाढा पर्ने जंगलमा मृत अवस्थामा भेट्टिएको उनले बताए ।
‘दुईबीच प्रेम रहेको र घरबाट विहे गर्न नदिएको होकि भन्ने अनुमान हो,’ उनले भने, ‘घटनाबारे अनुसन्धान भइरहेको छ’ उनले भने ।

हाम्राे जानकारी
तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५

खुल्ला प्रेस । २१ पुष २०८१, आईतवार १९:३८