फागुन १७ देखि दैलेखमा तेस्रो प्रादेशिक महोत्सव हुने

दैलेखः दैलेखमा फागुन १७ देखि २८ गतेसम्म महोत्सब हुने भएको छ । ‘‘उद्यम, कृषि, पर्यटन र व्यापार समृद्ध दैलेखको मूल आधार’’ भन्ने नाराका साथ तेस्रो कर्णाली प्रादेशिक औधोगिक व्यापार मेला तथा दैलेख महोत्सव–२०८० हुन लागेको हो ।
उघोग वाणिज्य सङ्घ दैलेखको आयोजनामा फागुन १७ देखि दैलेख महोत्सवको तयारी थालिएको दैलेख उद्योग वाणिज्य सङ्घका महाँसचिब प्रकाश पौडेलले जानकारी दिए ।
यस अघि माघ २६ गते देखि फागुन ५ गते सम्म तेस्रो कर्णाली प्रादेशिक औधोगिक व्यापार मेला तथा दैलेख महोत्सव–२०८० गर्ने भनिएपनि आवश्यक तयारी नपुगेको कारण महोत्सव सारिएको थियो ।
करिब १२ दिन सञ्चालन हुने महोत्सवमा तिन सय भन्दा बढी व्यापारिक स्टलहरू रहने दैलेख उद्योग बार्णिज्य सङ्घका अध्यक्ष कुल बहादुर वि.कले बताए । उनका अनुसार महोत्सवमा राखिएका स्टलहरूमा तरकारीका बिउ बिजन, घरेलु उघोगबाट निर्मित छालाका जुत्ता गार्मेन्ट, स्थानीय कच्चा पदार्थबाट निर्मित मालसामानहरू लगायत सूचना प्रविधिसम्मको प्रदशनिमा गर्ने व्यवस्थापन मिलाइएको छ ।
प्रदेश स्तरीय मेला हुने भएकोले उक्त कार्यक्रम भव्य र सव्य रूपमा सञ्चालन गर्न आवश्यक तयारीहरूमा लागेको र उक्त मेला अवलोकन गर्न कर्णाली प्रदेश लगायत विभिन्न ठाउँहरूबाट करिब एक लाख भन्दा बढी दर्शक आउने अनुमान गरिएको छ । महोत्सव अवधिभर करिब दुई करोडभन्दा बढी कारोबार हुने दैलेख उघोग वाणिज्य सङ्घले जानकारी दिएको छ ।
हिन्दुपुरान तथा श्रीस्थान ब्रतकथामा आधारित धार्मिक पर्यटकीय स्थलहरूको प्रचार गर्दै आन्तरिक तथा बाह्य पर्यटक जिल्लामा प्रवेशको वातावरण सिर्जना गर्ने, स्थानीय लोक संस्कृतिको संरक्षण गर्ने, दैलेखलाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्ने, दैलेखको कला संस्कृतिलाई देशव्यापी रूपमा चिनाउने, वर्तमान दैलेखको विकास स्थिति झल्काउने, लोप हुन लागेका सांस्कृतिक सम्पदा र परम्परागत जीवनशैलीलाई प्रतिनिधित्व गर्ने प्रविधि र संसाधनहरूको जगेर्ना गर्ने,स्थानीय परम्परागत सिप, कला र सांस्कृतिक संरक्षण र प्रवर्द्धन गर्ने, हस्तकला व्यवसायको प्रवर्द्धन गरी लगानीका अवसर सृजना गर्ने, धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक क्षेत्रहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्ने, कृषि उपज बस्तुको बजार प्रवर्द्धन गर्ने र गार्मेन्ट तथा छालाका जुताको प्रचार गन सहितका १५ वटा उद्देश्य राखिएको छ ।
महोत्सवमा सि.सि.टि.भि.सहितको सुरक्षा व्यवस्था, टेलिफोन तथा इन्टरनेटको व्यवस्था फोटोप्राफरको व्यवस्था समेत गरिएको जानकारी छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५