जिल्लामै पहिलो पटक अक्सिजन प्लान्ट जडान

दैलेख ः जिल्लामा पहिलो पटक अक्सिजन प्लान्ट जडान भएको छ । जिल्लाकै ठुलो अस्पताल दैलेख जिल्ला अस्पतालमा बुधवार देखि अक्सिजन प्लान्ट सञ्चालनमा आएको हो । अक्सिजन प्लान्ट जडान भई सञ्चालनमा आएसँगै उत्पादन समेत थालिएको छ ।
जिल्ला अस्पताल दैलेखमा जडान भएको अक्सिजन प्लान्टको शुद्धता ९० प्रतिशतसम्म रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले बताए । उनले भने– यसमा जडान भएको बुस्टरले प्रतिदिन ४० लिटर क्षमताका ४० वटा सिलिन्डर भर्न सक्छ । उनका अनुसार ७५ लाख रुपैयाँको लागतमा अक्सिजन प्लान्ट जडान भएको हो । गत असारमै टेन्डर भएर अक्सिजन प्लान्ट आइसकेको भए पनि राख्ने भवन नहुँदा थन्किएको थियो । अहिले भवन तयार भई जडानको काम सकिएसँगै उत्पादन समेत सुरु भएको बताइएको छ ।
कोरोनाको दोस्रो लहरको बेला अक्सिजनका लागि नेपालगन्जसम्म धाउनुपर्ने अवस्था आएपछि अक्सिजन प्लान्ट राख्नका लागि पहल थालिएको थियो । अक्सिजन प्लान्ट जडान भई उत्पादन सुरुभएसँगै दैलेख अस्पताल, दुल्लु अस्पताल लगायत स्थानीय तह मातहतका अस्पतालहरूमा अक्सिजन अभावको समस्या समाधान हुने स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५