स्थानीय तहको संख्या ७ सय ६६ पुर्‍याउने तयारी

काठमाडौं : सरकारले १३ वटा स्थानीय तह थप्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हाल कायम रहेका ७ सय ५३ वटा तहमा १३ वटा थपेर ७ सय ६६ पुर्‍याउने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको छ ।

मन्त्रिपरिषदले निर्णय गरेर राजपत्रमा प्रकाशित गरेपछि स्थानीय तह थप गर्ने निर्णय कार्यान्वयनमा आउनेछ ।

आज बस्ने मन्त्रिपरिषदमा पेश हुने सो प्रस्तावबारे संघीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठले गठबन्धनका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई भेटेर जानकारी गराएका छन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५