दैलेख ः नेपाली काँग्रेसको १४ महादिवेशन चलिरहेको छ । वडा र स्थानिय तह अधिवेशन सकिएको एक महिना पछि काँग्रेसले प्रदेश महाधिवेशनको लागि शुक्रबारको मिति तय गरेको थियो । जिल्लामा सबै ठाउँमा अधिवेशन भै सकेको छ । सार्वजनिक परिणाम अनुसार तीनमध्ये एक क्षेत्रमा सभापति शेरबहादुर देउवा पक्ष र दुई क्षेत्रमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका प्रतिनिधि विजयी भएका छन् ।
दैलेख निर्वाचन क्षेत्र नम्बर एकका दुवै प्रदेश निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधि सहित पौडेल पक्ष विजयी बनेको छ । निर्वाचन क्षेत्र नम्बर १ (क) मा बखत बहादुर सापकोटाको प्यानल नै विजयी बनेको छ । १ (ख) मा नौमुले गाउँपालिकाका अध्यक्ष भदे बुढा मगरको प्यानल सहित निर्वाचित भएको छ ।
यस्तै, निर्वाचन क्षेत्र नम्बर २ (क) मा टंक रिमालको प्यानल नै विजयी बनेको छ । आन्तरिक विवादका कारण २ (ख) भने मतगणना हुन सकेको छैन । निर्वाचन मण्डलले विहान देखि मत गणना गर्ने कार्य सुरु गर्ने जनाएको छ ।




खुल्ला प्रेस । ४ मंसिर २०७८, शनिबार ०८:५९