मेडिकल संचालन पक्राउ

दैलेखमा अवैध रुपमा मेडिकल संचालन गर्ने एकजना संचालक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भगवतीमाई गाउँपालिका–२ वेस्तडा बजारमा मेडिकल व्यवसाय सञ्चालन गर्दै आएका जगतबहादुर शाही रहेको प्रहरीले जनाएको छ। उनलाई बुधवार प्रहरीले पक्राउ गरेको हो।

अवैध रुपमा संचालनमा रहेको मेडिकलको अनुगमनमा गएको टोलीले मेडिकल संचालनको आवश्यक कागजात माग्दा संचालक शाहीले अनुगमन टोलीसँग अमर्यादित व्यावहार गर्दै स्वास्थ्य सेवा कार्यालय दैलेखका फार्मासिस्ट दीपिन कोइरालाले कानुनबमोजिमका कागजात माग्दा धम्कीपूर्ण व्यवहार प्रदर्शन गरेकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालयले दैलेखका बजार निरीक्षण अधिकृत गणेशप्रसाद कोइरालाले बताए।

यस्तै मेडिकल संचालक शाहीले मेडिकलमा एक्सरे विशेषज्ञ सेवा लगायतका भ्रामक विज्ञापन समेत गरेको पाइएको छ। प्रहरीले पक्राउ गरेर थप अनुसन्धान अगाडी बढाएको छ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५