दैलेख: जाजरकोट जिल्लाको छेडागाड नगरपालिका–४ खान्तीजेवा भीरबाटीमा जीप दुर्घटनामा परी मृत्यु भएका परिवारलाई गाउँपालिकाले सहयोग गरेको छ ।
दैलेखको भगवतीमाई गाउँपालिकाले दुर्घटनामा परी मृत्यु भएका भगवतीमाई गाउँपालिका र छेडागाड नगरपालिकाका १२ जनालाई जनही १५ हजारका दरले १ लाख ८० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
भगवतिमाई गाउँपालिकाका अध्यक्ष गणेश बहादुर थापाले मृतकका आफन्तलाई क्रिया खर्च वापत १५ हजारका दरले सहयोग गरेको बताए ।
उनले गाउँपालिकाको कार्यपालिका बैठकले मृतकका परिवारलाई क्रियाखर्च दिने निर्णय अनुसार उक्त रकम सहयोग गरिएको बताए । उनले भने गाउँपालिकाको टोली छेडागाड नगरपालिकामै पुगेर मृतकका आफन्तलाई सहयोग रकम हस्तान्तरण गरेका छौ ।
मृतक कोही कसैका बालबालिकाहरु भगवतीमाई गाउँपालिकाको कुनै पनि विद्यालयमा पढन चाएमा निःशुल्क पढाईने सम्मेत अध्यक्षले बताएका छन् ।
मंङसिर २६ गते भगवतिमाई गाउँपालिका ३ मेहेल्तोली बाट छेडागाड नगरपालिका–४ खान्तीजेवा सम्म जन्ती लिएर गएको कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको बोलेरो जीप दुर्घटना भएको थियो । दुर्घटनामा चालक सहित १० जनाको घटनास्थलमै र दुई जनाको उपचारका लागी नेपालगञ्ज लैजाने क्रममा मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार मृत्यु हुनेमा दैलेख भगवतिमाई गाउँपालिका–२ का मान बहादुर रावत, –३ का अम्मर बहादुर खड्का र बिरेन्द्र के.सी. जाजरकोट छेडागाड नगरपालिका –५ का जैवान अधिकारी, अमर अधिकारी, दिपक अधिकारी, निर्माता बिसी (अधिकारी), निशा अधिकारी, रमेश कुमार बुढा, जैक्वारा बुढा, देवि कुमारी बुढा, छेडागाड –६ का बीरे खत्री रहेका छन ।
बोलेरो जीपमा सवार सबैको मृत्यु भएका कारण दुर्घटना के कति कारणले भएको भन्ने अहिले सम्म खुल्न सकेको छैन ।




खुल्ला प्रेस । ५ पुष २०७९, मंगलवार ०८:५१