राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ दैलेखको अध्यक्षमा शर्मा

दैलेख ः राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ दैलेखको अध्यक्षमा विनोद शर्मा चयन भएका छन् । शनिवार भएको दोस्रो जिल्ला अधिवेशनले शर्माको अध्यक्षतामा २७ सदस्यीए जिल्ला कमिटी गठन गरिएको हो ।
अधिवेशनबाट पुरुष उपाध्यक्षमा धुर्ब विष्ट, महिला उपाध्यक्षमा रचना नेपाली, सङ्घटनको सचिव गणेशप्रसाद अधिकारी, सहसचिव गीता योगी, कोषाध्यक्ष वीरेन्द्र प्रसाद न्यौपानेलाई सर्वसम्मत चयन गरिएको सचिव गणेश प्रसाद अधिकारीले बताए  ।


अधिवेशन सङ्घठनका निवर्तमान अध्यक्ष नगेन्द्र हमालको अध्यक्षतामा सम्पन्न भएको थियो । अधिवेशनका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य तथा नेकपा एमाले दैलेखका अध्यक्ष रबिन्द्रराज शर्माले गरेका थिए । अधिवेशनको विशेष अतिथिमा राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपालका केन्द्रीय उपाध्यक्ष भिमराज शिहं रहेका थिए ।
यस्तै, जिल्ला अधिवेशनले मदन तिमिल्सिनाको अध्यक्षतामा नेपाल १९ सदस्यीय जिल्ला कमिटी समेत गठन गठन गरेको जनाइएको छ ।
पार्टीको महाधिवेशन सकिय संगै भातृ संगठनहरुको नेतृत्व चयन प्रक्रिया चलिरहेको छ । जस अनतरगत शनिवार राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ दैलेख नेतृत्व चयन गरेको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५