भगवतीमाईकाे किसान कल सेन्टर बन्द

दैलेखः जिल्लाको भगवतीमाई गाउँपालिकाले कृषि क्षेत्रका समस्या सामाधान गर्नेको लागि स्थापना गरेको किसान कल सेन्टर बन्द भएको छ ।
किसानका गुनासाको लागि स्थापना गरिएको १६६०८९४२००३ अहिले बन्द अवस्थामा छ । भगवतीमाई गाउँपालिका भित्रका किसानहरुमा आउँने समस्यालाई हदैसम्म सामाधान गर्ने उद्देश्यले दैलेख जिल्लामै पहिलो पटक स्थापना गरिएको किसान कल सेन्टर स्थापना भएको २ बर्षमै बन्द भएको हो ।
कृषि उपजहरुको ढुवानी, बिक्री, वितरण, मल तथा बीउ बिजनको आपूर्ति लगायत किसानका हरेक गुनासासंगै कृषक, कृषि उपजको बिक्रेता, ढुवानीकर्ताले तरकारी, फलफूल, बीउ, मल, किटनाषक औषधी, पशुपंक्षी औषधी, अण्डा, दूध, पशुपंक्षीका दाना लगाउतका समस्या सामाधन गर्नको लागि गाउँपालिकामा स्थापना गरिएको किसान कल सेन्टरमा निशुल्क फोन गर्न सकिने ब्यवस्था थियो । गाउँपालिका क्षेत्र भित्रका कृषकहरुको लागि ३ बर्ष पहिले किसान कल सेन्टर स्थापना गरिएको थियो ।
किसान कल सेन्टरको अवस्थाबारे बुझ्दा ९ महिना अगाडि देखि कल सेन्टर बन्द भएको कृषि शाखा प्रमुख तार्जन वलीले जानकारी दिए । उनले भने अनुसार टेलिकमलाई तिर्नुपर्ने रकम गाउँपालिकाले नतिरेपछि कल सन्टर बन्द भएको हो । आफु जिल्ला बाहिर रहेकोले कार्यालयमा उपस्थित हुन साथ प्रमुख प्रशासकिय अधिकृतसंग सहकार्य गरेर यो नम्बर सुचारु गरिन्छ,वलीले भने ।
भगवतीमाई गाउँपालिकाको आ.व २०७७/०७८ को कार्यक्रम अनुसार कृषि क्षेत्र विकास कार्यक्रम र गाउँपालिकाको सहकार्यमा १६६०८९४२००३ नम्बरको कल सेन्टर यस अघिका जनप्रतिनिधिहरुले स्थापना गरेका थिए ।
गाउँपालिका भित्रका किसानहरुले पशुपंक्षी सम्बन्धी समस्या तथा सुझावको लागि हरेक आइतबार विहान ११ बजेदेखि २ बजेसम्म र कृषि सम्बन्धी समस्या तथा सुझावको लागि शुक्रबार ११ बजे देखि २ बजेसम्म फोन गर्न सक्नेगरि ब्यवस्था मिलाएपनि अहिले यो सेवा ठप्प भएको छ ।
किसानका समस्या आएमा गाउँपालिका भित्रै समाधान गर्ने र नभए विषेशज्ञ संग सहकार्य गरेर समस्या सामाधान गर्ने गरि स्थापना गरेको कल सेन्टरमा फोन नगाग्ने गरेकोले पहिलेका जनप्रतिनिधिहरुले सस्तो लोकप्रियताका लागि सेन्टर स्थापना गरेको आरोप भगवतीमाई बासीले लगाएका छन् ।
जिल्लाका अन्य पालिकाहरुमा स्थापना गरिएका निःशुल्क कल सेन्टरहरुको अवस्था पनि बन्द हुने अवस्थामा छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५