स्थानीय सरकारलाई सुझाब, हामीलाई निति कार्यक्रममा समेटौँ

दैलेखः स्थानीय सरकारलाई सुझाव हामीलाई नीति कार्यक्रममा समेटौँ दैलेखस् स्थानीय सरकारलाई एक युवाले नीति तथा कार्यक्रम आफुहरु लाईसमेट्न सुझाव दिएका छन् ।
स्थानीय सरकारहरू नीति तथा कार्यक्रम बनाउन व्यस्त भएको बेला भगवतीमाई गाउँपालिका वडा नं। २ का तेज बहादुर नेपाली९सेवक० ले आफूहरूलाई नीति तथा कार्यक्रममा समेट्नुपर्ने सुझाव दिएका हुन् ।
उनले भगवतिमाई गाउँपालिका तथा दैलेखमा लामो समयसम्म उत्पीडन,चरम गरिबी ,अशिक्षा, बेरोजगारी र सामाजिक विभेदको सिकार बनेको बादी समुदायलाई प्रदेश सरकार तथा स्थानीय सरकारले यस वर्षको नीति तथा कार्यक्रममा समेटिनुपर्ने सुझाव सामाजिक सञ्जालमा दिएका छन् ।
यस्ता छन् उनले सरकारलाई दिएका सुझावहरू
भूमिहीन बादी समुदायको लागि परिवार सङ्ख्याको आधारमा भूमि उपलब्ध ।
परिवारको आधारमा आवास कार्यक्रम ।
शैक्षिक उत्थानका कार्यक्रम ।
पालिकामा बादी समुदायको लागि अनिवार्य रोजगारी तथा आय आर्जनका कार्यक्रम ।
स्वरोजगार र व्यापार व्यवसायको लागि बिना धितो र बिना ब्याज ऋणको व्यवस्था ।
लोकसेवा तथा शिक्षक सेवा प्रवेशका लागि तयारी कक्षाको सहुलियत ।
बादी युवायुवतीलाई प्राविधिक र उच्च शिक्षाको लागि छात्रवृत्ति कार्यक्रम
सामाजिक असमानताको न्यूनीकरणको लागि जनचेतनामूलक कार्यक्रम ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५