लगातारको वर्षाले बालीनालीमा क्षेती किसान चिन्तित

दैलेख ः लगातारको वर्षाले गर्दा बालीनालीमा क्षेती पु¥याएको छ । दसैँको चटारो सकेर बालीनाली भित्र्याउने सोचमा रहेका किसान आइतबारबाट लगातार पानी परेपछि चिन्तित बनेका छन् ।
लगातारको बर्सातले खेतमा काटेको धान समेत खेतमै रहेको भगवतीमाई गाउँपालिका ४ का किसान राजु वि।क।ले बताए । उनी भन्छन् वर्ष भरी खानाको लागि खेत लगाएर भित्र्याउने समयमा पानीले धान कुहिने भयो । काट्न बाँकी धान पनि ढलेर नष्ट भएको देख्दा मन भक्कानिएर आउँछ । गरिबलाई समयले पनि गरिब बनाई रहेको छ । यस्तै भगवतीमाई गाउँपालिका की खम्बीरा कुमारी बुढाले सोझासाझा गरिब किसानहरूको पिडा प्रकृतिले पनि ठक्दै गएकाे बताइन् उनले भनिन् ३-४ महिना दुख गरेर लगाएको बाली भित्राउने समयमा लगातार अविरल वर्षाका कारणले क्षेत्री पुर्याउदा कसको मन रुन्न होला ।
यो समयमा दैलेखका सबै जस्तो स्थानीय तहमा धान काट्ने चटारो हुन्छ बिचमा दसैँले गर्दा धान, कोदो काट्न पछि धकेलेको समयमा दसैँ नसकिँदै लगातार बर्सात भएपछि किसानले लगाएको खेती खेतमै कुहिने भएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५