सुनको भाउ एकैदिन एक हजार रुपैयाँले बढ्यो

सुर्खेत :सुनको भाउ आज एकैदिन हजार रुपैयाँले बढेको छ । यो महिना लागे पछि सुनको भाउ लगातार बढेको हो ।

मंसिर अन्तिम हप्ता केही घटेको सुनको भाउ फेरि बढ्न थालेको हो । आज तोलामा सुनको भाउ एक हजार रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा पुगेको छ ।

हिजो पनि तोलामा सात सय रुपैयाँले सुनको भाउ बढेको थियो । यस्तै, चाँदीको भाउ पनि आज बढेको छ ।

हिजो तोलामा १२ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय ५० रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५