कर्णाली राजमार्गको अवस्था चिन्ताजनक छ : माननीय सिता राना

फाइल फाेटाे

दैलेख: प्रतिनिधिसभा सदस्य सिता कुमारी रानाले कर्णाली राजमार्गको अवस्था चिन्ताजनक रहेको बताएकी छिन् । बुधवार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै उनले यस्तो बताएकी हुन् ।

दैलेखमा एकातिर सडकको मापदण्ड पुरा नभएको भन्दै अहिलेका सरकारले बाटोलाई मात्र प्राथमिकता दिँदा बस्तीहरू बाढिपहिरोको जोखिले यहाँका जनताहरू ठुलो मर्कामा परेको बताइन् ।

कर्णाली राजमार्गको नाम नै मृत्यूमार्ग रहँदा सम्मते सरकारको ध्यान नजानु दुखद कुरा हो यस तर्फ सरकारको ध्यानाकर्षण गर्न चाहन्छु । दैलेखमा रहेको गुठी जग्गाको बारेमा सरकारको ध्यानाकर्षण गराउँछु, दुल्लु क्षेत्रको गुठीको तत्काल समाधान गरियोस् उनले भनिन् ।

श्रीस्थान, कोटिला, पादुका, नाभि स्थानमा रहेका जग्गाहरू नागरिकलाई भोग चलन गर्ने सरकारले व्यवस्था मिलाउनुपर्छ, दैलेखका स्वास्थ्य संस्थामा आवश्यक पूर्वाधार, औषधि तथा आवश्यक जनशक्ति नहुँदा नागरिकहरू सामान्य बिरामी हुँदा महँगो पैसा खर्च गरेर सुर्खेत, नेपालगंज तथा भारतको लखनउमा उपचार गर्ने बाध्य भएका छन् यस तर्फ सरकारको तत्काल ध्यान जानुपर्छ उनले भनिन् ।

जिल्लामा भैरहेकाे पेट्रोलियम पदार्थ उत्खननको लागि भैरवीका जनता तथा दैलेखको तर्फबाट उनले सरकारलाई धन्यवाद सम्मते दिएकी छन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५