जनताको मुख्य शत्रु  गरिबी, बेरोजगारी र अशिक्षा: मन्त्री शाही 

दैलेख: नेपाली काँग्रेस भैरवी गाउँ कार्य समिति दैलेखको आयोजनामा शुक्रवार एक कार्यक्रमको आयोजना गरेर नेपाली काँग्रेस दैलेखका पूर्व सभापति एवम्  कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाहीलाई बधाई तथा सम्मान गरिएको छ ।

भेटघाट तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसको कुनै पनि पार्टिसंग प्रतिसोध नराखी नेपाली जनताको र काँग्रेसको शत्रुको रूपमा रहेको गरिबी, बेरोजगारी, अशिक्षा, स्वास्थ्यको समस्या लगायत पूर्वाधार विकासहरूलाई अन्त्य गरी समुन्नत नेपाल निर्माण गर्नको लागि कर्णाली सरकार प्रतिबद्ध रहेको बताए ।  मन्त्री शाहीले नेपालमा कम्युनिस्टहरूले भ्रमको खेती गर्ने र देशमा अस्थिरता निम्ताउने चलखेलमा लागेको आरोप लगाएका छन् ।  मन्त्री शाहीले यतिखेर देशमा हरेक तत्त्वहरू सलबलाई रहेको हुँदा विभिन्न चलखेल हुन सक्ने सङ्केत गर्दै नेपाली जनता चनाखो र सज रहनु पर्ने बताए ।

यसै गरी मन्त्री शाहीले देशको विकास र समृद्ध नेपाल निर्माण गर्नको लागि आगामी चुनावमा नेपाली काँग्रेसको निष्ठा र आस्थालाई आत्मसाथ गर्दै हरेक जनताको घरघरमा गई नेपाली काँग्रेसलाई विजयी गराउनको लागि सङ्गठन विस्तारमा ध्यान केन्द्रीकृत गर्न नेता कार्यकर्तालाई निर्देशन दिए । भेटघाट तथा सम्मान कार्यक्रममा नेपाली काँग्रेस कर्णाली प्रदेश कार्य समितिका सदस्य भक्तिप्रसाद उपाध्यायले अधिवेशनमा देखिएका तिक्ततालाई अन्त्य गर्दै सम्पूर्ण नेता कार्यकर्ता एक जुट हुन आग्रह गरे ।  कार्यक्रम नेपाली काँग्रेस जिल्ला कार्य समिति दैलेखका उपसभापति रिता शाही सचिव नारायण रेग्मी, क्षेत्र नं. २ का क्षेत्रीय सभापति भरत प्रसाद रिजाल, महाधिवेशन प्रतिनिधि मधुर विक्रम खनाल , प्रदेश सभा २ क का सभापति टंक रिमाल लगायत नेताहरूले अव पाटी एक ढिक्का भई आगामी चुनावमा काँग्रेसलाई जिताउन तर्फ लाग्न जोड दिएका थिए ।

भैरवीका ४२ जनाले गरे काँग्रेसमा प्रवेश

भेटघाट तथा सम्मान कार्यक्रममा नेकपा एमाले र नेकपा माअ‍ोवादी केन्द्र पाटी परित्याग गरी ४२ जना नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् नव प्रवेश गरेकाहरूले गरिब दुखी जनतालाई  झुटको खेती गर्दै प्रयोग गरेर स्वार्थ लुट्ने गरेको आरोप लगाएका छन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५