एमाले दैलेख दुई नम्बरबाट पाँच जना सिफारीस

दैलेखः नेकपा एमालेको गढको रुपमा रहेको दैलेख निर्वाचन क्षेत्र नम्बर दुईमा शनिबार बसेको प्रतिनिधि सभा समन्वय समितिको वैठकले प्रतिनिधि सभाको निर्वाचनका लागि पाँच जनाको नाम पठाउने निर्णय गरेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए । उनले दैलेख दुइ नम्बरबाट एमालेको उम्मेदवार बन्न पाँच जनाको नाम सिफारिस भएको जानकारी दिए ।

एमालेबाट सिफारिस हुनेमा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजाल, कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाही, प्रतिनिधि सभा सदस्य राजबहादुर बुढा सिफारिस भएका हुन ।

यस्तै, वैठकले एमाले जिल्ला इन्चार्ज लक्ष्मी प्रसाद पोखरेल र एमाले प्रदेश कमिटिका अध्यक्ष विनोद कुमार शाहको नाम सिफारिस गरिएको हो ।

पार्टी विभाजनको मनस्थितिमा पार्टीलाई एक ढिक्का बनाउन सबै आकांक्षीको नाम पठाउने निर्णय गरिएको नेता रिजालले बताए । पहिलाे प्रेसबाट

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५