दैलेख ः निःशुल्क आयुर्वेद शिविरबाट तिन सय जना भन्दा बढी लाभान्वित भएका छन् । नारायण नगरपालिका, विलासपुर आयुर्वेद औषधालय खुर्सानीबारीको आयोजनामा भएको एक दिने शिविरबाट ३ सय २५जनाले उपचार गराएका छन् ।
बुधबार जिल्लाको नारायण नगरपालिका वडा नं.८ भवानीमा भएको एक दिने कार्यक्रम भएको थियो । शिविरको उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखका डाक्टर प्रज्ञा उपाध्यायले सबै भन्दा महत्त्वपूर्ण नागरिकको स्वास्थ्य भएकोले आफू स्वास्थ्य रहन बेलाबेलामा चेकजाँच गराई राख्न अनुरोध गरिन् उनले उपचार गर्न आउँदा सबैले समस्या निर्धक्क रूपमा बताउन सके मात्र रोग पहिचान गर्न र औषधि दिन सजिलो हुने हुँदा शिविरमा आउनुभएका सबैलाई खुलेर आफ्नो समस्या देखाउन आग्रह गरिन् ।
भवानी स्वास्थ्य चौकीमा भएको उद्घाटन कार्यक्रमको समापन गर्दै कार्यक्रमका अध्यक्ष तथा नारायण नगरपालिका वडा नं. १० का वडा अध्यक्ष लाल बहादुर बस्नेतले आयुर्वेद औषधालय खुर्सानीबारीलाई धन्यवाद दिँदै भवानीमा एक दिने शिविर राखिदिएकोमा खुसी भएको बताए । उनले आउँदा दिनहरूमा पनि यस वडामा यस्ता शिविरहरु सञ्चालन गर्ने आग्रह गरेका छन् ।
जिल्ला सदरमुकाममा आयुर्वेदका कार्यक्रम हुँदै आएको भए पनि गाउँमा आयुर्वेदको प्रभावकारी र आयुर्वेद तर्फ आम मानिसको विश्वास बढाउने उद्देश्यले भवानी गाउँमा शिविर सञ्चालन गर्नु परेको विलासपुर आयुर्वेद औषधालयका प्रमुख राजीव कुमार भारतीले बताए । भारतीले भने गाउँ गाउँमा आयुर्वेदको विश्वास बढाउन यस्ता कार्यक्रम धेरै गर्नुपर्ने छ । आज भएको कार्यक्रममा धेरै बिरामी आएका छन् । हामीले उहाँहरूलाई आवश्यक औषधि दिएका छौँ । उपचार गर्न आउनेको सङ्ख्या पुरुषको भन्दा महिलाको धेरै थियो । उिनहरूमा ग्यास्ट्रक, वाध नशा सम्वन्धी राेग, पाइल्स, चर्मा राेग, बाल तथा स्त्री राेग रहेकाे भारतीले बताए ।




खुल्ला प्रेस । ८ असार २०७९, बुधबार २२:२१