कर्णालीमा चाडपर्व लक्षित सुरक्षा योजना : पाँच सय प्रहरी थप

सुर्खेत – दसैं तिहार नजिकिएसँगै कर्णाली प्रदेश प्रहरी कार्यालयले विभिन्‍न सुरक्षा योजना बनाएको छ । चाडपर्वका बेलामा हुने सक्ने घटनालाई ध्यानमा राखेर प्रदेश प्रहरीले बाक्लो संख्यामा प्रहरी परिचालन गर्ने योजना बनाएको छ । चाडपर्वलाई लक्षित गरी चार हजार तीन सय ५१ जना प्रहरी खटाइने प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

दशैं तिहारलाई नै लक्षित गरेर पाँच सय प्रहरी थप गरिएको प्रदेश प्रहरी प्रमुख गणेशबहादुर ऐरले जानकारी दिए । बढ्दो सुरक्षा जोखिमलाई ध्यानमा राखी प्रदेशका सबै जिल्लाका नाकामा प्रहरी परिचालन गर्ने तयारी प्रदेश प्रहरीको छ ।

चाडपर्वमा हुने चोरी, लुटपाट तथा अन्य अपराधजन्य घटनाहरू हुन नदिन सबै वडा र टोलमा प्रहरी परिचालन गर्न लागिएको प्रदेश प्रहरी प्रमुख डीआईजी  ऐरले बताए । ‘चाडपर्वका बेलामा धेरैजसो नागरिक गाउँ केन्द्रित हुन्छन् त्यसैले सोहीअनुसार सुरक्षा व्यवस्थापन गरेका छौं’ डिआइजी ऐरले भने, ‘अहिले हामी प्रमुख नाकाहरुमा चेकिङलाई कडाई गरेका छौ ।’

ग्रामीण क्षेत्र र हाइवेमा गस्तीलगायतलाई निरन्तरता दिइने उनको भनाइ थियो । कर्णाली प्रदेश प्रवेश गर्ने मुख्य नाकाहरूमा विशेष टिम परिचालन गरिएको उनले जानकारी दिए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५