दैलेख महोत्सव चैत्र ३ सम्म जारी रहने

दैलेख: दैलेखमा फागुन १७ देखि सुरु भएको महोत्सव चैत्र ३ गते शनिवार सम्म जारी रहने भएको छ ।

उघोग वाणिज्य सङ्घ दैलेखको आयोजनामा भएको तेस्रो कर्णाली प्रादेशिक औद्योगिक व्यापार मेला तथा दैलेख महोत्सव–२०८० चैत्र ३ गते सम्म जारी रहने उद्योग वाणिज्य सङ्घ दैलेखले जनाएको छ ।

महोत्सवको मिति फागुन २८ गते सम्म भए पनि सुरुवाती दिनमा मौसमले समस्या बनाएपछि म्याद थप गरिएको वाणिज्य सङ्घ दैलेखका अध्यक्ष कुल बहादुर विकले जानकारी दिए । उनले दिएको जानकारी अनुसार ३ दिनको लगातार परेको झरीले प्रभावित महोत्सवमा लक्ष्यअनुसारको प्रगति हासिल गर्ने नसकेका कारण तथा संस्थाको भवनको तल्ला थप र त्रिदशिय सडक रूपैडिया नेपालगन्ज सुर्खेत,दैलेख, महाबु लेकहुदै नाक्चेनाङ्ला सडक मार्ग चाँडोभन्दा चाँडो जोड्न दबाब दिने उद्देशले मेला आयोजना गरिएकोले पानी परेर लक्ष्य अनुसारको काम नभएकाले महोत्सव केही समय थप गर्नु परेको हो । उनले भने ।

यता विद्यार्थीहरूको परीक्षा नजिकिँदै गरेको बेला माहोत्सवको म्याद थपिनु सकारात्मक नभएको केही नागरिकहरूकाे प्रतिक्रिया छ । नारायण नगरपािलका वडा नंं. ६ का वडा अध्यक्ष जनक न्यौपाने सामाजिक सञ्जालमा लेख्छन्–नारायण नगरपालिका वडा नं. ६ मा ३ वटा आधारभूत विद्यालय छन् । परीक्षा चैत १ गतेबाट सञ्चालन हुँदै छ । परीक्षा अवधिमा महोत्सवको मिति थप्दा आर्थिक चलखेल गरी थपिएको देखिन्छ । खबरदार यसरी पैसाको चलखेल गरी महोत्सवको म्याद थप गरिएकोमा मेरो आपत्ति छ । नगरप्रमुख, उपप्रमुख ज्यु र प्रमुख प्रशासकीय अधिकृतको ध्यानाकर्षण गराउन चाहन्छु ।

महोत्सवमा राखिएका स्टलहरूमा तरकारीका बिउ बिजन, स्थानीय कच्चा पदार्थबाट निर्मित मालसामानहरू लगायत सूचना प्रविधिसम्मको प्रर्दशनिमा गर्ने व्यवस्थापन मिलाइएको जानकारी आयोजकले दिए पनि व्यवस्थापन भने कमजोर देखिएको छ । व्यवस्थापन कमजोर भएकै कारण फागुन २७ गते आएका कलाकारले दुखेसो पोखेका छन् । महोत्सवको १२ औँ दिन फागुन २८ गते गायक प्रकाश कटुवाल, गायक एमटी महर, गायक शिव सङ्गीत लगाएको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५