दैलेख: नेपाली काँग्रेस दैलेखले आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा चुनावको लागि उमेद्धार सिफारिस गरेको छ ।
नेपाली काँग्रेस निर्वाचन क्षेत्र नम्बर २ दैलेखले प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस गरिएको प्रदेश ‘ख’ कार्य समितिका सभापति खगेन्द्र बहादुर शाहीले बताए । उनले बताए अनुसार–कृष्ण प्रसाद जैसी, भूपेन्द्र बहादुर शाही, पृथ्वी बहादुर शाही, लीलाराम उपाध्याय, शेरबहादुर शाही, ईश्वर विष्ट, गणेश बहादुर शाही, सर्पराज शाही, नारायण रेग्मी, वासुदेव शर्माको नाम सिफारिस गरिएको छ ।
यस्तै, प्रदेश तर्फको समानुपातिकमा आठ जनाको नाम सिफारिस गरिएको छ । सभापति शाहीका अनुसार इन्द्रा कुमारी शाही, दिपा बोहोरा माझी, निशा थापालाई महिलातर्फबाट सिफारिस गरिएको हो । खस आर्यतर्फ खड्क बहादुर शाही, चन्द्र बहादुर शाही, प्रेमप्रकाश शाही, भगवती उपाध्याय सिफारिस हुँदा अपाङ्गतर्फ चक्रबहादुर शाही सिफारिस भएका छन् । सङ्घमा प्रत्यक्षतर्फ पाँच जनाको नाम सिफारिस गरिएको छ । शिवराज जोशी, दिक्पाल कुमार शाही, मधुविक्रम खनाल, रङबहादुर शाही, योगेन्द्र पन्त छन् भने समानुपातिकमा महिलाबाट सिता कुमारी राना र अपाङ्गबाट नरबहादुर खड्काको नाम सिफारिस गरिएको हो ।
यस्तै दैलेख निर्वाचन क्षेत्र नं. १ मा मणिराम रेग्मी, गणेश उपाध्याय, रवीन्द्रराज श्रेष्ठ, खगेन्द्र सुनार र मिना थापाको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ इन्दिरा थापा, कुल बहादुर विक र गणेश बहादुर खड्काको नाम सिफारिस गरिएको स्रोतले जनाएको छ ।
प्राप्त जानकारी अनुसार दैलेख निर्वाचन क्षेत्र नं. १ प्रदेश निर्वाचन क्षेत्र ‘क’ को प्रत्यक्षतर्फ कृष्णकुमार बिसी, डा. खगेन्द्र शाही, नरसिंह मल्ल, बमबहादुर बिसी, पूर्णप्रसाद खत्री चालिसे लगायतको नाम सिफारिस गरेको छ । समानुपातिकतर्फ भने ७ जनाको नाम सिफारिस गरिएको छ । प्रदेश ‘ख’ प्रत्यक्षतर्फ भूपेन्द्र शाही, भदे बुढा मगर, वासना थापा, यामबहादुर मल्ल, टेकबहादुर कटुवाल, झलक भण्डारी, प्रकाश पौडेल, देवेन्द्र थापा, मनोज थापा र खेमराज केसीको नाम सिफारिस गरिएको छ । दलित, महिला, खस आर्य, जनजाति गरेर २६ जनाको नाम सिफारिस गरिएको जनाइएको छ ।




खुल्ला प्रेस । १६ भाद्र २०७९, बिहीबार १९:३७