दैलेख : दैलेखमा बाल विवाह गर्ने एक जोडी पक्राउ परेका छन् । बाल विवाह गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । दैलेख प्रहरी प्रमुख डीएसपी भुवनेश्वरप्रसाद शाहका अनुसार दैलेखको नारायण नगरपालिका वडा नं. ५ बस्ने बिशाल सुनारले त्यही गाउँकी एक बािलकालाइ विवाह गरी घरमा ल्याई राखेको अवस्थामा दुवै जनालाई पक्राउ गरिएको हो । पक्राउ परेका दुवै जनालाई दैलेख जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान थालेकाे छ ।
त्यस्तै प्रहरीले जबरजस्ती करणी उद्योग गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । भैरवी गाउँपालिका –६ कुसापानीका २२ वर्षीय युवा रुपेश लामिछानेलाई प्रहरीले पक्राउ गरेको हाे । उनलाइ १६ बर्षीया युवतीलाई ललाई फकाई डरत्रास देखाई प्रलोभनमा पारी जबरजस्ती करणी गर्न खोजेको आरोपलागेकाे छ । पक्राउ परेका ती युवकमाथी थप अनुसन्धानका लागि दैलेख जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान थालेको डीएसपी शाहले बताएका छन् ।




खुल्ला प्रेस । २८ मंसिर २०७८, मंगलवार २१:५८