विपद् पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी अन्तरक्रिया

दैलेखः जिल्लाको भगवतीमाई गाउँपालिकामा विपद् पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी अन्तरक्रिया गरिएको छ । गाउँपालिकाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी शाखा दैलेखको सहजिकरणमा १ दिने अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष मिनाकुमारी खड्काले गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा (२) को खण्ड (न) र नेपाल सरकारबाट जारी विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमा मार्गदर्शन, २०७६ अनुरूप यस गाउँपालिकाले यो विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गर्न लागेको हो र यस गाउँपालिकामा विपद् व्यवस्थापनको पूर्वतयारी र यस सम्बन्धी प्रतिकार्यलाई प्रभावकारी बनाई सम्भावित जनधनको क्षति कम गर्नु यस योजनाको प्रमुख उद्देश्य रहेको बताइन् ।
भगवतीमाई गाउँपालिका पहिरो, असिनापानी, खडेरी, बाढी, आगलागी, भूकम्प तथा महामारी जस्ता विपद्जन्य प्रकोपहरुको उच्च जोखिममा रहेको हुँदा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमा गर्नु परेको हो र सोही बमोजिम यस गाउँपालिकामा घट्न सक्ने विपद् तथा प्रकोपहरुको समेत प्राथमिकीकरण गरिएको कुरा नेपाल रेडक्रस सोसाईटी दैलेख शाखाका कार्यक्रम अधिकृत यामराज खड्काले उल्लेख गरे ।
यस योजना तर्जुमा पश्चात विपद् प्रतिकार्यका लागि विषयक्षेत्रहरूको भूमिका तथा जिम्मेवारी निर्धारण हुने, विपद् प्रतिकार्यका लागि मुख्य जिम्मेवार तथा सहयोगी निकायहरूको पहिचान र अद्यावधिक गर्न सहयोग पुग्ने, विपद्को लेखाजोखा, जोखिम नक्साङ्कन, विगतमा घटेका विपद्का घटनाहरुको तथ्याङ्क सङ्कलन र विश्लेणका आधारमा जोखिम सूचित योजना तथा कार्यक्रम तर्जुमा हुने, विपद् प्रतिकार्यका लागि सामान्य पूर्वतयारी, पूर्वानुमानमा आधारित पूर्वतयारी तथा आपत्कालीन प्रतिकार्यका क्रियाकलापहरू तय भई र विपद् प्रतिकार्यका लागि हाल उपलब्ध स्रोत, साधन र जनशक्तिको लेखाजोखा एवम् सम्भावित विपद्को सामना गर्न आवश्यक क्षमताको आंकलन, प्रक्षेपण र प्रवन्ध भई समग्र विपद्जन्य प्रकोपहरुको सहज ढङ्गले सामना गर्न सकिने नेपाल रेडक्रस सोसाईटी कर्णाली प्रदेशका कार्यक्रम संयोजक अभिषेक ओझाले प्रष्ट पारे ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५