निःशुल्क स्वास्थ्य शिविरबाट सात सय जना लाभान्वित

दैलेखः आयुर्वेद तथा योग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट करिब सात सय जना लाभान्वित भएका छन् ।

जिल्लाको भगवतिमाई गाउँपालिका बेस्तडामा आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा तथा नागरिक आरोग्य सेवा केन्द्र बेस्तडाम समन्वयमा सञ्चालित एक दिने शिविरबाट सात सयले निःशुल्क चेकजाँच तथा औषधि लिएका छन् आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखका निमित्त कार्यालय प्रमुख रामप्रसाद महतोले आयुर्वेद स्वास्थ्य केन्द्रको वार्षिक कार्यक्रम अनुसार एक दिने शिविर सञ्चालन गरिएको बताए ।

उनले एक दिने आयुर्वेद तथा योग शिविरमा ७०० जना बिरामीले सेवा लिएको जानकारी दिए । उनले भने  एक दिनको शिविरमा चार सय ५५० महिला र एक सय ५० पुरुषले सेवा लिएका छन् ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखका डाक्टर प्रज्ञा उपाध्यायले शिविरमा वाथरोग, दम, ग्याष्टिक, अमलोपीत्त, पाठेघर खसेका महिला, सेतो पानी बग्ने समस्या लगायतका रोगका बिरामी शिविरमा आएको जानकारी दिइन ।

शिविरको उद्घाटन कार्यक्रममा बोल्दै भगवतीमाई गाउँपालिकाका अध्यक्ष दान बहादुर थापाले भगवतीमाई गाउँपालिकाका नागरिकहरूलाई उपचारको लागि निःशुल्क शिविर गरेकोमा आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखलाई धन्यवाद दिए । उनले भने हामीले यहाँका नागरिकहरूलाई स्वास्थ्य बनाउन विभिन्न माध्यमाबाट पहल गरिरहेको छौँ, बेस्तडामा कोभिड अस्पताल सञ्चालन गरिरहेका छौँ, १० शैयाको अस्पताल छिट्टै सञ्चालन गरिने छ । अबको जीवनशैली आयुर्वेदिक हुनुपर्ने जरुरी छ । त्यसको लागि सबै नागरिकहरूले यसमा ध्यान दिन आवश्यक देखिन्छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५