दुल्लुमा मावि स्तरिय दैलेख जिल्ला पुरुष भलिवल प्रतियोगिता हुने

दैलेखः दैलेखको दुल्लुमा मावि स्तरिय दैलेख जिल्ला पुरूष भलिबल प्रतियोगिता-२०८० हुने भएको छ ।
पञ्चकोशी बहु प्राबिधिक शिक्षालय दुल्लुको चौथो बार्षिक उत्सवको अवसरमा असोज २६ गतेबाट भलिबल प्रतियोगिता गर्ने लागेको शिक्षालयका प्रमुख डा.लोकेद्र बहादुर खड्काले जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार असोज २६मा खेल उद्घाटन हुने छ । यस खेलमा दैलेख जिल्लाका माध्यामिक विद्यालय सहभागि हुने उनको भनाइ छ । जिल्ला स्तरको प्रतियोगितामा सहभागी भई प्रथम स्थान हासिल गर्ने खेलाडिहरुले ७५ हजार रुपैयाँ नगद सिल्ड, मेडल र प्रमाणपत्र, द्वितिय स्थान हासिल गर्नेले ५० हजार रुपैयाँ नगद सिल्ड, मेडल र प्रमाणपत्र, तृतिय स्थान हासिल गर्नेले ३० हजार रुपैयाँ नगद, सिल्ड, मेडल र चौथो स्थान हासिल गर्ने टिमले २० हजार रुपैयाँ नगद सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।

टिम दर्ताका लागि रु.२००० हजार रुपैयाँ व्यवस्थापन गर्नुपर्ने शिक्षालयले जनाएको छ । प्रतियोगिता पञ्चकोशी बहु प्राबिधिक शिक्षालय दुल्ल–८, दैलेखमा संचालन हुने छ । टिम दर्ता गर्न चाहाने खेलाडिहरुले असोज २५ गते सम्म आफ्नो टिम दर्ता गरिसक्नुपर्ने छ ।

यस्ताे छ सुचनाः

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५