भगवतीमाई गाउँपालिकामा खेलकुद महोत्सब शुरु

दैलेख ः जिल्लाको भगवतीमाई गाउँपालिकाको केन्द्र बेस्तडामा खेलकुद महोत्सव शुरु हुन लागेको छ । शुभ दीपावलीको अवसरमा हुन लागेको गाउँपालिकामा खेलकुद महोत्सव आजबाट शुरु हुँदै छ ।
भगवतीमाई खेलकूद विकास समितिको आयोजना र गाउँपालिकाको समन्वयमा ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रको लागि खेलकूद’ भन्ने मूल नारालाई आत्म साथ गर्दै भगवतीमाई खेलकुद महोत्सव २०७८को आयोजना गरिएको भगवतीमाई गाउँपालिका खेलकूद विकास समितिका अध्यक्ष शेरबहादुर खड्काले बताए ।
अध्यक्षका अनुसार बेस्तडामा विविध कार्यक्रम सहित कर्णाली प्रदेश अन्तरपालिका स्तरीय खेलकुद प्रतियोगिता गर्ने लागिएको छ । खेलमा कर्णाली प्रदेशका १० जिल्लाका सबै पालिका सहित छिमेकी जिल्ला अछामका खेलाडीहरूलाई सम्मत बोलाईएको थियो । खेलकुद महोत्सवमा भलिबल र ब्याटमिन्टन खेल हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार कार्तिक १४ गते देखि १७ गते सम्म सञ्चालन हुने खेलको सबै तयारी पुरा भएको छ ।
करिब ४ दिन चल्ने खेलकुद महोत्सवमा भलिबल तर्फ प्रथम पुरस्कार एक लाख ११ हजार रुपैयाँ नगद सहित ट्रफी मेडल र प्रमाण पत्र, द्धिृतिय पुरस्कार ६१ हजार रुपैयाँ नगद सहित ट्रफी मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार ३१ हजार रुपैयाँ नगद सहित ट्रफी मेडल र प्रमाण पत्र, उत्कृष्ट खेलाडीले ५हजार रुपैयाँ सहित ट्रफी, पाउने गरी व्यवस्था छ ।
त्यस्तै ब्याटमिन्टन तर्फ प्रथम हुनेले १८ हजार नगद सहित ट्रफी मेडल र प्रमाण पत्र, द्धितिय हुनेले १२ हजार नगद सहित ट्रफी मेडल र प्रमाण पत्र, तृतीय हुनेले हुनेले ३ हजार ५ सय रुपयौँ सहित ट्रफी मेडल र प्रमाण पत्र र उत्कृष्ट खेलाडी २ हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाण पत्र पाउने छन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५