बन्चरो प्रहारवाट दैलेखमा दुईजना घाईते

दैलेखः नारायण नगरपालिका ३ मा गएराती ज्वाईले बन्चरो प्रहार गर्दा सासु घाईते भएकी छन् । नारायण नगरपालिका ३ कालिमाटीका २६ वर्षिय ज्वाई डेकेन्द्र बहादुर कटुवालले बन्चरो प्रहार गर्दा ५१ वर्षिया सासु मनकुमारी बोगटी घाईते भएकी हुन् ।
कटुवाल ससुरालि पुगी श्रीमतीसंग झगडा गर्दैगर्दा सासुले सम्झाई बुझाई गर्ने क्रममा उनले बन्चरोले सासुको निधारमा प्रहार गर्दा निधारमा गहिरो चोट लागेको दैलेख प्रहरीले जनाएको छ ।
यस्तै कटुवालले १८ वर्षकी साली चन्द्रा बोगटीलाई समेत कुटपिट गर्दा उनको शरिरको बिभिन्न भागमा भित्री चोट लागेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेश बहादुर बरालले जानकारी दिए । घाईते दुवै जनाको जिल्ला अस्पताल दैलेखमा उपचार भैरहेको छ । बन्चरो प्रहार गरी कुटपिट गर्ने ज्वाईलाई प्रहरीले नियन्त्रणमा लिएको दैलेख प्रहरी प्रमुख बरालले वताए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५