दैलेखः जाजरकोटकोको छेडागाड नगरपालिका–५ थलह बजार नजिकै बस्दै आएका राउटेले सामाजिक सुरक्षा भत्ता पाएका छन् । सनिबार गुराँस गाउँपािलका वडा नं. ८ले राउटे समुदायलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेकाे जङ्गलमा फिरन्ते जीवन बिताइरहेका राउटे समुदायको पाँच वर्ष अघि गुराँस गाउँपालिका – ८ का स्थानीय नागरिकका रूपमा परिचयपत्र वितरण गरेपछि गुराँस गाउँपालिकाले –८ को वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ ।
४० परिवारका एक सय ४४ जनालाई माघ, फागुन र चैत समेत तीन महिनाको प्रतिव्यक्ति चार हजारका दरले सुरक्षा भत्ता वितरण गरिएको गुराँस गाउँपालिका ८ का वडा सचिव सुस्मिता खड्काले जानकारी दिइन उनले गुराँस गाउँपालिकाका –८ का वडा अध्यक्ष दीपेन्द्र ओली सहित गएको टोलीले तीन महिनाको सामाजिक सुरक्षा भत्ता वितरण गरिएको बताएकी छन् । वडा अध्यक्ष दीपेन्द्र वलीले गुराँस गाउँपालिका –८ को बासिन्दा बनाएर परिचयपत्र निर्माण गरे पनि राउँटेहरु बस्ती सर्ने समस्या कारण सुरक्षा भत्ता वितरणमा जोखिम हुने गरेको बताए । उनले राउटे समुदायलाई प्रत्येक महिना नै सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने माग राखेको बताए ।
राउटे समुदायलाई स्वास्थ्य सरसफाइ र सामाजिक अन्तर घुलनका अभ्यास गराउन सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले राउटे परियोजना सञ्चालन गरेको छ । दुई जना स्वास्थ्यकर्मी र दुई जना सामाजिक परिचालक राखेर उनीहरूको जीवनशैली परिवर्तनमा काम गरिरहेका छन् ।



खुल्ला प्रेस । १५ जेष्ठ २०७९, आईतवार १३:४८