दैलेख : दैलेख–सुर्खेत सडक खण्ड अवरुद्ध हुने भएपछी बैकल्पिक सडक प्रयोग गरेर आवतजावत गर्ने जिल्ला प्रशासन कार्यालय दैलेखले सबै स्थानिय तह तथा सरोकारवालालाई पत्राचार गरेको छ ।
प्रशासनको पत्र अनुसार मंसिर १५ गते देखि पौष १५ गते सम्म एक महिना दैलेख–सुर्खेत सडक अवरुद्ध हुने भएको हो ।
दैलेख–सुर्खेत सडक खण्ड अन्तरगत गुराँस गाउँपालिकाको गाईबान्ना (घाम ताप्ने) भिरमा चट्टान काटी सडक फराकिलो गर्नुपर्ने भएकोले सडक अवरुद्ध गराइएको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ ।
कार्यालयका अनुसार यस अवधिमा साना सवारी साधन (जिप, कार र मोटरसाइकल) आवत जावत गर्नेछन तर अन्य ठूला यात्रुवाहक र मालबाहक सवारी साधनहरुलाई सुर्खेतदेखि बांगेसिमल, तल्लो डुंगेश्वर हुँदै माथिल्लो डुंगेश्वर बैकल्पिक सडक खण्ड प्रयोग गर्न कार्यालयले पत्राचार समेत गरेको छ ।
यस्तो छ कार्यालयको पत्र





खुल्ला प्रेस । १५ मंसिर २०७८, बुधबार ०७:५४