भगवतीमाईका छ वडामा विद्युत लाइन बिस्तार

दैलेख : दैलेखको भगवतिमाई गाउँपालिकाका सबै वडामा राष्ट्रिय प्रसारण लाइनको विद्युत विस्तार  हुने भएको छ । दुई वर्ष अघि गाउँपालिकाको केन्द्रमा पु¥याइएको राष्ट्रिय प्रसारण लाइन  अहिले गाउँपालिकाका छ बटा वडामा जडान गरिसकेपछि त्यसको परीक्षण गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।
भगवतिमाई गाउँपालिकाका अध्यक्ष दान बहादुर थापाले दैलेख सदरमुकाम देखि हुलाक टाकुरा सम्म नेपाल विद्युत् प्राधिकरण विद्युत वितरण केन्द्रले ठेक्का मार्फत राष्ट्रिय प्रसारण बिस्तार गरेको र हुलाक टाकुराबाट गाउँपालिकाको केन्द्र बेस्तडा बजारसम्म गाउँपालिकाको लगानीमा विद्युत् पोल बिस्तार गरेपछि दुई वर्ष अघि गाउँपालिका र अहिले प्रत्येक वडामा बत्ती बाल्न सफल भएको जानकारी दिए ।
उनले गाउँपालिकामा रहेका ७ वडा मध्ये छ वडामा सामुदायिक बिदुतीकरण मार्फत राष्ट्रिय प्रसारण लाइन जोडिएको र एक वडामा नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र दैलेख विद्युत विस्तार गर्दै छ ।
हामीले सामुदायिक बिद्युतिकरण र गाउँपालिकाको सह लगानीमा छ वडा र नेपाल विद्युत प्राधिकरणको सहयोगमा राष्ट्रिय प्रसारण लाइन जडान गरेका हौँ, पालिका भित्रका २४ वटा ट्रान्सफर्मरमा विद्युत विस्तारको काम यो हप्ता सकिन्छ त्यसपछि मिटर ल्याएर घर–घरमा विद्युत बालिने छ थापाले भने ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बखत बहादुर खड्काले गाउँपालिकाका सबै वडामा राष्ट्रिय प्रसारण लाइन पुगेको र अब प्रत्येक घरधुरीमा बिद्युत बाल्ने तयारी समेत गरेको बताए । उनले विद्युत विस्तारको काम सकिए सँगै उपभोक्ताको माग अनुसार ट्रान्समिटर थप्ने र मिटर जडान गर्ने बताए । उनले भने तत्कालका लागि दुई हजार पाँच सय मिटर ठेकेदारलाई बुझाउन तोकेता गरेकोले मिटर आउन बित्तिकै वितरण गर्ने गर्छौ ।
भगवतिमाई गाउँपालिकामा निर्माण भएका साना जलविद्युत आयोजना निर्माण भई बन्द अवस्थामा हुँदा त्यस क्षेत्रका बासिन्दा अध्यारोमुनी बस्न बाध्य भएका थिए । गाउँपालिकामा सबै वडामा बिद्युत बिस्तार भए सँगै स्थानीय नागरिक समेत उत्साही भएका छन् । राष्ट्रिय प्रसारण लाइन जोडिएपछि सबै नागरिकहरूले बिद्युतको सुविधा उपभोग गर्न पाउने भएका छन् ।
राष्ट्रिय जनगरणा २०७८ अनुसार पालिका भरी ३ हजार ३ सय ४४ घरधुरी रहेका छन् । करिब २०० घरधुरीमा यस अघिनै विद्युत विस्तार भइसेको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५