कर्मचारी हाजिरीमा विवाद, छैटौँ तहकाे दरबन्दीमा पाचाैँकाे सरूवा हुँदा समस्या

दैलेख:  जिल्लाकाे दुल्लू नगरपालिकामा कर्मचारी हाजिरी सम्बन्धी विवाद चुलिएको छ । आन्तरिक लेखा परिक्षक (आलेप) पाचौं तहका मदन बहादुर बुढालाई कार्यालयमा हाजिरी सम्बन्धी विवाद भएको हो । उनलाई कार्यालयमा हाजिर हुनबाट रोक लगाइएको छ । नगरपालिकामा छैटाैँ तहकाे दरवन्दी भएकाे र पाचाैँ तहका कर्मचारी पठाएकाेले समस्या सिर्जना भएकाे छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाही गैरजिम्मेवार हुँदा कर्मचारीको हाजिरीमा विवाद भएको हो । अधिकृत शाहीले आफु मातहतका कर्मचारीलाई हाजिरी गराउने नगराउने विषयमा ठोस निर्णय लिन नसक्नुले उनको गैरजिम्मेवारपन देखिएको हो ।

आलेप बुढा हुम्लाको नाम्खा गाउँपालिकाबाट दैलेखको भगवतीमाई गाउँपालिका सरुवा भए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मंसिर २१ गतेको अन्तर स्थानीय तह कर्मचारी सरुवा अन्तरगत उनको सरुवा भएको थियो । ‘पालिकामा एक जना दरवन्दी रहेकोले उक्त पदमा भगवतीमाई गाउँपालिकाले २ जनालाई सरुवा सहमति दिएकोले त्यँहा हाजिर हुन दिइएन’ आलेप बुढाले भने, ‘मन्त्रालयमा जानकारी गराउँदा दैलेखका अन्य स्थानीय तहमा सोही पदका लागि रिक्त भएको र सरुवा सहमति दिइएको पत्र पठाउन भनियो । दुल्लू नगरपालिकाका लागि प्रक्रिया बढाए ।’

दुल्लू नगरपालिकाबाट भने मंसिर १८ गते नै प्रमुख प्रशासकीय अधिकृत शाहीले आलेप छैठौं तहका लागि दरवन्दी रिक्त रहेको पत्र मन्त्रालयलाई लेखी पठाएका थिए । उनले सो पदका लागि ‘प्रदेश लोकसेवा आयोगको माग आकृति फारम भरी नपठाएको र कुनै तहबाट समायोजन वा कामकाजको लागि हालसम्म खटिई नआएकोले सो रिक्त रहेको पदमा सरुवा÷समायोजनबाट पदपुर्ती भएमा कार्यालयमा हाजिर गराई कामकाजमा लगाउन सकिने’ व्यहोराको पत्र लेखेका हुन् ।

प्राप्त पत्र र आलेप बुढाको जानकारी अनुसार मन्त्रालयले सरुवा संशोधन गरी बुढालाई दुल्लू नगरपालिकामा कामकाजको लागि खटायो । सोही अनुसार दुल्लू नगरपालिकामा आलेप बुढा पुस ७ गते हाजिर हुन पुगे । प्रमुख प्रशासकीय अधिकृत शाहीले आलेप बुढालाई हाजिरी हुनका लागि प्रशासनलाई तोक समेत लगाए ।

यद्यपी नगरपालिकामा आलेप पाचौंका लागि दरवन्दी छैन भने छैठौं तहका लागि रिक्त भएकोले पदपूर्तीका लागि माग गरिएको थियो । दरवन्दी नभएपनि शाहीले प्रशासनीक रुपमा ख्याल नगरी सोझै हाजिर हुन पठाए ।

यता, नगरप्रमुख घनश्याम भण्डारीले सोही दिन (पुस ७ गते) नै दुल्लू नगरपालिकामा आलेप पाचौं तहको दरवन्दी नभएको र सरुवा सहमति विनै कर्मचारी खटाएको भन्दै फिर्ता पठाइएको पत्र मन्त्रालयलाई लेखी पठाएका छन् । साथै, नगरप्रमुख भण्डारीले प्रमुख प्रशासकीय अधिकृतलाई बोधार्थ समेत लेखी उल्लेखित कर्मचारीलाई हाजिर नगराउन लेखेको छन् ।

नगरप्रमुखले हाजिर नगराउन लेखेको पत्र पाएपछि आफुले आलेप बुढाको हाजिर नगराएको प्रशासन शाखा प्रमुख शम्सेर शाही बताउछन् । ‘आलेप बुढाको व्यक्तिगत फाइल बनाएर चिठी राखेको छु । मैले नै हाजिरी खडा गर्ने हो । हाजिरी च्यातियो भनेर प्रचार गरिएको छ ।’ शाही भन्छन्, ‘कसले के मा हाजिर गरायो त्यो थाहा भएन । च्यातिएको भनिएको हाजिरी पानाको पछिल्लो पानामा बुढाको नाम लेखिएको छ हाजिरी भएको छैन ।’

नगरप्रमुखले हाजिर नगराउन पत्राचार गरेपछि प्रमुख प्रशासकीय अधिकृतसँग बुझेर हाजिर नगराइएको शाखा प्रमुख शाहीले बताए । ‘नगरप्रमुखको चिठी लिएर हाकिमलाई देखाएँ । हाकिमले नगरप्रमुखसँग समन्वय गरेर मात्रै हाजिर गराउँला भन्नुभयो सोही अनुसार हाजिर नगराइएको हो ।’

यता, आलेप बुढा आफुलाई हाजिर हुन नदिएर अन्याय गरिएको बताउछन् । पुस ८ गते नगरपालिकाको हाजिरी रजिष्टरमा पुस ७ र ८ गते २ दिनको हाजिर गरेको उनको दावी छ । ‘मैले पुस ८ गते नगरपालिका गएर २ दिनको हाजिर गरेको थिए’, आलेप बुढाले भने, ‘पछिल्लो दिन हाजिर खोज्दा पाना च्यातिएको थियो । हाजिर गराउन नसकिने भए मलाई फिर्ता पठाउनु पथ्र्यो तर गरेको हाजिरी पाना च्यातिँदा अन्याय गरेको महसुस भएको छ ।’

प्रमुख प्रशासकीय अधिकृत शाहीले आलेप बुढाकाे विषयमा केही बताउन चाहेनन् । ‘नगरप्रमुखसँग बुझ्नुहाेला । म केही भन्न सक्दिन ।’ शाहीले भने । यद्दपी कर्मचारी व्यवस्थापनकाे नैतिक जिम्मेवार जनप्रतिनिधि भन्दा पनि  प्रमुख प्रशासकीय अधिकृत शाहीले वहन गर्नुपर्ने हुन्छ ।

नगरप्रमुखद्वारा विज्ञप्ती जारी

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५