दैलेख ः जिल्ला प्रशासन कार्यालय दैलेखले १२ औं राष्ट्रिय जनगणनामा सही विवरण टिपाउन जिल्लाबासीलाई आग्रह गरेको छ ।
सही तथ्याङ्कले नै प्रदेश तथा संघिय सरकारलाई योजना बनाउन सजिलो हुने भन्दै घर–घरमा आउने गणकहरुलाई सही विवरण टिपाउन प्रमुख जिल्ला अधिकारी हरी प्याकुरेलले आग्रह गरेका छन् ।
भोलिदेखि राष्ट्रिय जनगणना २०७८ सुरु हुँदैछ । मंसिर ९ गतेसम्म संचालन हुने जनगणनामा प्रत्येक घर–घरमा पुगेर ८० वटा प्रश्न सोधिने छन् । यस पटकको जनगणनाका लागि ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नारा तय गरिएको छ ।
जिल्ला जनगरण समन्वय समितिका संयोजक रहेका प्रमुख जिल्ला अधिकारी प्याकुरेलले घरमा तथ्याङ्क संकलन गर्न आउने गणकहरुलाई आत्मीय व्यवहार गर्न पनि आग्रह गरेका छन् ।
बुधबार जारी सुचनामा ‘जनगणनाबाट आउने सही तथ्याङ्कलाई आधार बनाएर सम्बन्धित जाती, धार्मिक समुदाय, महिला वा फरक क्षमता भएका व्यक्तिहरुका लागि प्रदेश तथा संघ सरकारले नीति र कार्यक्रम बनाउने भएकोले गणकहरूलाई वास्तविक तथ्यांक उपलब्ध गराई देश विकासको मार्गचित्र निर्माणका लागि राष्ट्रिय जनगणना कार्यक्रममा अनिवार्य सहभागी हुन जिल्लाबासी सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु भनिएको छ ।




खुल्ला प्रेस । २४ कार्तिक २०७८, बुधबार २०:०३