जिमेलमा परिवर्तन गर्दै गुगल : अब इमेल, च्याट, मिट र स्पेस एकैठाउँमा

सुर्खेतः विश्वको सर्वाधिक लोकप्रिय इमेल सेवा जिमेलको डिजाइन परिवर्तन हुने भएको छ । नयाँ डिजाइनसँगै अब जिमेल प्रयोगकर्ताले गुगल च्याट, गुगल मिट र गुगल स्पेस एकै ठाउँमा पाउनेछन् ।

नयाँ जिमेल एक एकीकृत प्लाटर्फम बन्नेछ । जिमेलका सबै प्रयोगकर्ताका लागि यो नयाँ अपडेट यो वर्षको दोस्रो त्रैमासिकसम्ममा उपलब्ध हुने बताइएको छ । अर्थात् आगामी जुलाई सम्ममा जिमेल प्रयोगकर्ताले जिमेलको नयाँ इन्टरफेस देख्न पाउनेछन् ।

गुगल वर्कस्पेस परियोजनाका अनुसार फेब्रुअरी ८ देखि उक्त नयाँ इन्टरनेट परीक्षणका लागि सुरु गरिनेछ ।

नयाँ डिजाइनमा जिमेलमा चारवटा बटन रहनेछन् जसमा प्रयोगकर्ताले जिमेलको इमेल, च्याट, स्पेस वा मिट जुन प्लाटर्फममा जान चाहेको हो सजिलैसँग स्वीच हुन सक्नेछन् । हाल प्रयोगकर्ताका लागि जिमेल, च्याट तथा मिटका लागि एक संयुक्त लेआउट उपलब्ध रहेको छ ।

नयाँ अपडेट सँगै प्रयोगकर्ताले एक पटकमा केवल एउटा बटनको मात्र विस्तारित भ्यू देख्न सक्नेछन् । साथै नयाँ इन्टरफेसमा प्रयोगकर्तालाई नोटिफिकेसन बबल पनि प्राप्त हुनेछ जसले उनलाई अर्को ट्याबका बारेमा पनि जानकारी दिनेछ ।

स्मरण रहोस् गुगलले आफ्नो वर्कस्पेसमा हुने परिवर्तनको घोषणा गत सेप्टेम्बरमै गरेको थियो ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५